Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्रालयमा बाधा अडकाउ फुकाउने गृहकार्य, विभागद्वारा नवीकरणका लागि सूचना जारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ५ २०७८
  • 5.8K
    SHARES

काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायीलाई आवश्यक कागजात पेश गरी इजाजतपत्र नवीकरण गर्न सूचित गरेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघसहित राजनीतिक दल निकट व्यवसायीहरुका संस्था संख्या सय प्रावधानले सिर्जना गरेको समस्या समाधान गर्न तीव्र लविङमा रहेका बेला विभागले सूचना जारी गर्दै वैदेशिक रोजगार ऐन २०६४ तथा नियमावलीको प्रावधान अनुसार वर्षमा कम्तिमा एकसय कामदार वैदेशिक रोजगारीमा पठाएको प्रामाणित कागजातसहित नवीकरणका लागि निवेदन दिन आग्रह गरेको हो ।

वैदेशिक रोजगार ऐन र नियमावलीको प्रावधान पूरा गरेर इजाजतपत्र नवीकरण गर्न निवदेन दिए असार मसान्तसम्म दश हजार र असोज मसान्तसम्म थप प्रति महिना १० हजारका दरले ३० हजार रुपैयाँ जरिवाना  तिरेर इजाजत नवीकरण गर्न पाउने व्यवस्था छ ।
 
विभागले सयजना कामदार पठाएको प्रमाणीकरण हुने कागजसहित नवीकरणका लागि गत वर्षको आय विवरण बुझाएको भरपाई वा आयकर दाखिला गरेको प्रमाण, इजाजतपत्रको प्रतिलिपि, नगद धरौटी र बैंक ग्यारेन्टीको प्रतिलिपिसमेत पेश गर्न भनेको छ । 

गत वर्ष लगातार दुई वर्षसम्म वार्षिक एक सय जना कामदार पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र आर्थिक वर्ष २०७७/०७८ को लागि नवीकरण गराउँदा नवीकरण गरिदिई नवीकरण भएका इजाजतपत्र प्राप्त संस्थाको आर्थिक वर्ष २०७८/०७९ अर्थात यस वर्षको असार मसान्तमा नवीकरण गर्दा त्यस्ता संस्थाले आर्थिक वर्ष २०७६/०७७ देखि सम्बत् २०७८ सालको असार मसान्तसम्म कम्तीमा दुई सय जना कामदार पठाएको हुनुपर्ने शर्त राखी बाधा अड्काउ फुकाउने निर्णय गरेको थियो ।
 
तर यस वर्ष अघिल्लो वर्ष भन्दा पनि कडा खालको कोभिडको माहामारी फैलिएपछि व्यवसायीहरुले चाहेर पनि कामदार पठाउन पाएका छैनन् । हाल क्रियाशील ८ सय ५४  म्यानपावर कम्पनीमध्ये एक तिहाई भन्दा कम करिब सवा दुई सयले मात्र हालसम्म सयभन्दा बढी कामदार पठाएको वैदेशिक रोजगार विभागको आंकलन
छ।

संघ र राजनीतिक दलका प्रतिनिधिहरुसँगको भेटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमल प्रसाद श्रीवास्तवले सबै म्यानपावर कम्पनीको नवीकरण गरी समस्याको समाधानका लागि उच्चतम प्रयासमा रहेको भन्दै आफुले गृहकार्य शुरु गरिरहेको बताउँदै यस विषयमा चलखेल, प्रचारवाजी तथा अनुचित दबाब सिर्जना नगर्न आग्रह गर्दै आएका छन् ।

तपाईको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ । कृपया सेयर गरिदिनुहोला। निरन्तर ताजा अपडेटका लागि www.jananewsnepalkhabar.com भिजिट गर्नुहोला।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४