नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री विष्णु पौडेलसँग फोनवार्ता गरेका छन्।
प्रचण्डले बुधबार बिहान फोन गरेर तत्कालीन नेकपाका महासचिव समेत रहेका पौडेलसँग चितवनस्थित नारायणीसहितका नदीमा भइरहेको कटान रोक्न बजेटका लागि आग्रह गरेका छन्।नारायणी नदीको सतह यस पटक इतिहासकै उच्च विन्दुमा पुगेको छ। नदीको सतह उच्च विन्दुमा पुगेपछि आकस्मिक बजेट छुट्याएर कटान रोक्ने कामका लागि सहयोग गरिदिन प्रचण्डले अर्थमन्त्री पौडेलसँग आग्रह गरेका हुन्। प्रचण्डसँगको वार्तामा पौडेलले यथाशिघ्र चाँडो चितवनको नदी व्यवस्थापनबारे छलफल हुने बताएका छन् ।
नदीको सतह मंगलबार राति १०:५० बजे १० दशमलव ४६ मिटरमाथि पुगेको हो । त्यस समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेण्ड पुगेको थियो । योसँगै चितवनस्थित नदी आसपासका क्षेत्रहरु जोखिममा पर्ने सम्भावना बढेको छ। आफ्नो निर्वाचन क्षेत्रसहितको भूगोल जोखिममा परेपछि प्रचण्डले अर्थमन्त्रीलाई फोन गरेका हुन्।
‘अर्थमन्त्रीसँग आज बिहान कुरा भएको छ, चितवनमा नदी नियन्त्रणबारेमा फोन भएको हो,’ नदी धेरै माथि आयो, प्रचण्डले त्यसका लागि इमर्जेन्सी बजेट छुट्याएर काम गर्नुपर्यो भनेर अर्थमन्त्रीलाई फोन गर्नु भएको हो।’
मनसुन सुरु भएसँगै देशभर आएको बाढी पहिरो प्रभावितको उद्धारमा लाग्नसमेत प्रचण्डले नेता-कार्यकर्तालाई निर्देशन दिएका छन् । मनसुन सक्रिय भएसँगै मनाङ, चितवन, सिन्धुपाल्चोक, म्याग्दी लगायतका जिल्लाहरुमा ठूलो क्षति भएको छ।
तपाईको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ । कृपया सेयर गरिदिनुहोला। निरन्तर ताजा अपडेटका लागि www.jananewsnepalkhabar.com भिजिट गर्नुहोला।