Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१६ मेगापिक्सल सेल्फी क्यामरा भएको रेड्मी फोन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २ २०७८
  • 7.7K
    SHARES

काठमाडौं, / ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी नोट–१० प्रो सार्वजनिक गरेको छ। रेडमी नोट–१० प्रो नविनतम फिचर्सहरुका साथ भित्राएको कम्पनीले बताएको छ।

यो १०८ एमपी क्यामरा, १२० हट्रर्ज सुपर एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन ७३२ जी, ईभोल डिजाइनका साथ उपलब्ध छ।  
यसमा चार क्यामरा दिइएको छ। जसमा १०८ एमपी मुख्य क्यामरा, ८ एमपी अल्ट्रा वाइड लेन्स, ५ एमपी सुपर म्याक्रो र २ एमपी डेप्थ सेन्सर छन्।
त्यस्तै, १६ मेगापिक्सल सेल्फी क्यामरा छ।

यसमा विशेष सुविधाहरु नाइट मोड २.०, भ्लग मोड, डुअल भिडियो, प्रो भिडियो मोड, म्याजिक क्लोन, लङ्ग एक्सपोजर मोड र अधिक मोडहरु दिइएको छ, जसले प्रयोगकर्ताहरूलाई अन्य कार्यका लागि प्रयोग गर्न सहज बनाउँछ।
यो फोन अन्य फोनको तुलनामा १५ प्रतिशत पातलो छ। यसमा ६.६७ फुल एचडी सुपर एमोलेड डिस्प्ले जडान गरिएको छ।
यसमा दुईवटा स्टेरियो स्पिकर छ, जसले प्रयोगकर्तालाई स्पष्ट र ठूलो आवाज दिन्छ।
सुरक्षित अनलकको लागि उपकरणमा साइड–माउन्ट फिंगरप्रिन्ट छ जसले डबल–ट्याप जेस्चरलाई सपोर्ट गर्दछ।

यसमा ६ जिबी र्याम  र १२८ जिबी स्टोरेज दिइएको छ। साथै ब्याट्री ५०२० एमएएच छ। प्रयोगकर्तालाई थोरै समयमा धेरै चार्ज होस् भनेर कम्पनीले फोनमा ३३ वाटको फास्ट चार्जिङ्ग सुविधा दिइएको छ।
यसमा कोर्निङ्ग गोरिल्ला ग्लास–५ छ जसले फोनलाई सामान्य गिरावटमा टुट्नबाट बचाउँछ।
योे भिन्टेज ब्रोन्ज, ग्लेसियल ब्लु र डार्क नाइट गरी तीन रंगमा उपलब्ध छ। यसको मूल्य ३३ हजार ९ सय ९९ रूपैयाँ छ।

तपाईको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ । कृपया सेयर गरिदिनुहोला। निरन्तर ताजा अपडेटका लागि www.jananewsnepalkhabar.com भिजिट गर्नुहोला।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४