Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैद्यलाई धेरै हेप्न थालेपछि एमालेले अब कांग्रेसको दण्ड पाउने, जोरी खोजे औकात देखाइदिने !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १ २०७८
  • 4.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले टुङ्गो लागिसकेको सांसद नरोत्तम बैद्यको अभिव्यक्तिलाई लिएर सत्तारुढ दल एमालेले राजनीतिक करण गरेको भन्दै आपत्ति जनाएका छन् ।

नेता बानियाँले सोमबार विज्ञप्ति जारी गरेर प्रदेश सांसद बैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएर संसदको रेकर्डबाट हटाउन लगाइसकेको अवस्थामा एमालेले बैद्यविरुद्ध प्रहरीमा उजुरी दिने, विभिन्न निकायलाई भेटेर कारबाहीको माग गर्ने जस्ता कार्य गरेको भन्दै आक्रोश पोखेका हुन् । उनले आफ्नो दलका सांसद बैद्यलाई सत्तापक्षबाट दुःख दिने कार्य भयो भने त्यसको प्रतिवाद प्रदेश सभा बैठकमा गर्ने चेतावनी एमालेलाई दिएका छन् ।

एमालेका भ्रातृ संगठनहरूले गृहमन्त्री खगराज अधिकारीलाई भेटेर ज्ञापन पत्र बुझाउने, कांग्रेस सांसद बैद्यलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने, प्रहरीमा प्रधानमन्त्रीको हत्या दुरुत्साहतमा जाहेरी दिने कार्य गरेर हर्कत गर्न थालेपछि कांग्रेसका नेता बानियाँले एमालेलाई सुध्रिन सचेत गराएका हुन् । अन्यथा एमालेले कांग्रेसको प्रतिवादन सामना गर्न संसदीय दलका नेता बानियाँले चेतावनी दिएका छन् ।

‘प्रदेश सभाको विशेषधिकारको हनन् गर्दै प्रदेश सभाको मानहानी गर्ने कार्य नेपालको संविधान बर्खिलापमा छ’, कांग्रेस नेता बानियाँले भनेका छन् ।
‘प्रहरी अनुसन्धान अधिकारी लगायत सरकारका कुनै पनि निकायलाई यसो गर्ने कानूनी अधिकार छैन’, उनले भने, ‘संवैधानिक मूल्य मान्यता र संसदीय अभ्यासमाथि गम्भीर आघात पु¥याएको यस दलको ठहर छ ।’

‘संवैधानिक व्यवस्था विधिको शासन र प्रचलित कानून विपरित गरेको यस्तो कार्य नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल घोर भर्त्सना गर्दछ’, बानियाँले भने, ‘आवश्यक परेमा यस्तो गैर संवैधानिक कार्यको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेश सभामा सशक्त प्रतिवाद गर्नेछ ।’

कांग्रेस नेता बानियाँले एमालेलाई सचेत गराउँदै भनेका छन्, ‘नेपालको संविधानको धारा १८७ मा प्रदेश सभाको विशेष अधिकारको उपधारा १ मा यस संविधानको अधिनमा रहि प्रदेश सभामा पूर्ण वाक स्वतन्त्रता हुनेछ ।’

‘प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर प्रदेश सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा निज उपर कुनै अदालतमा कार्वाही चलाइनेछैन भन्ने संवैधानिक व्यवस्थाको पूर्णरुपमा बर्खिलाप वद्नियतपूर्ण तवरबाट जोहेरी दर्ता भएकोमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

‘बागमती प्रदेश काठमाडौं क्षेत्र नं. ४ (१) बाट निर्वाचित प्रदेश सांसद नरोत्तम बैद्यले बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा जेठ २८ गते प्रदेश सभाको रोष्ट्रमबाट प्रतिक्रिया दिने क्रममा वर्तमान अवस्थामा देशको चरम निराशा र यसबाट उत्पन्न राजनीतिक परिस्थितिको विश्लेषण गर्दै उदाहरण क्रममा भाववेशमा आएर प्रधानमन्त्रीप्रति लक्षित बैद्यले दिनुभएको अभिव्यक्ति नेपाली कांग्रेसको आदर्श, नीति र संसदीय अभ्यास र गरिमालाई विपरित भएको छ’, कांग्रेसले भनेको छ ।

‘सो कुरा जानकारी हुना साथ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले नरोत्तम बैद्यलाई उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेकोमा निर्देशन बमोजिम जेठ २९ गते प्रदेश सभामा नरोक्तम बैद्यले उक्त आफूले बोलेको अभिव्यक्ति फिर्ता लिइ रेकर्डबाट हटाउन सभामुखलाई औपचारिक रुपमा अनुरोध गर्नुभयो’, बानियाँले भनेका छन् ।

‘त्यसपछि तत्काल सभामुखले सोही बैठकबाट उक्त भनाई रेकर्डबाट हटाउन निर्देशन दिनुभयो’, कांग्रेस नेता बानियाँले भने, ‘सांसद नरोक्तम बैद्यको सो अभिव्यक्ति रेकर्डबाट हटाइसकेको छ । सो विषयमा आम रुपमा जानकारी गराउन प्रेस विज्ञप्ति जारी भइसकेको छ ।’

‘यी सबै कुरा भइसकेको अवस्थामा नेपाली कांग्रेसका सांसद नरोक्तम बैद्य उपर राजनीतिक प्रतिशोधका आधारमा सरकारको दवाव र प्रभावमा जिल्ला प्रहरी कार्यालयमा उहाँ उपर हत्या दुरुत्सानमा जेठ ३० गते हत्या दुत्साहनसम्बन्धी जोही दर्ता भएको भन्ने जानकारी हुन आएकोले सो कार्यप्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा कांग्रेस नेता बानियाँले एमालेलाई सचेत गराउँदै सुध्रिन चेतावनी दिएका छन् ।

तपाईको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ । कृपया सेयर गरिदिनुहोला। निरन्तर ताजा अपडेटका लागि www.jananewsnepalkhabar.com भिजिट गर्नुहोला।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४