Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकीको सरकार ढल्नुमा प्रधानमन्त्री ओली जिम्मेवार : पृथ्वीसुब्बा गुरुङ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ३० २०७८
  • 3.2K
    SHARES

पोखरा, जेठ ३० । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकीको सरकार ढल्नुमा प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवार रहेको बताउनु भएको छ ।

मुख्यमन्त्री निवास छोड्नुअघि आइतबार पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकार ढल्नुमा एक व्यक्तिलाई मात्र दोष दिन नमिल्ने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीको पनि केही गल्ती भएको तर राजनीतिक दलले आफूलाई करेक्सन गर्नुपर्ने बेला आएको गुरुङले बताउनुभयो ।

उहाँले सत्ता प्राप्ति र कुर्सीको लागि गरिने गठबन्धनले सत्ता र कुर्सी तलमाथि हुने वित्तिकै विग्रह शुरु हुने दावी गर्नु भयो ।
साथै अहिले बनेको गठबन्धन पूर्व र पश्चिमबाट मिलेर बनेकाले त्यसको आयु लामो नभएको दावीसमेत गर्नु भयो ।

उहाँले आफ्नो सरकारले ल्याएको बहुवर्षीय योजना समयमै सक्ने विषयमा अहिलेको सरकारको ध्यान जानुपर्ने सुझावसमेत दिनुभयो ।

नेकपा एमाले स्थायी कमिटी सदस्यसमेत रहनु भएका गुरुङ गण्डकी प्रदेशमा २०७४ फागुन ४ मा पहिलो पटक मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।

साथै दोस्रो कार्यकालका लागि उहाँ गत वैशाख २९ मा मुख्यमन्त्री नियुक्त भएकोमा संसदमा विश्वासको मत गुमाउँदा पदच्यूत हुनु भएको थियो ।

शनिबार संविधानको धारा १६८ (५) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलले काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु भएको छ ।पोखरेललाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल र एक स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

तपाईको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ । कृपया सेयर गरिदिनुहोला। निरन्तर ताजा अपडेटका लागि www.jananewsnepalkhabar.com भिजिट गर्नुहोला।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४