Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकीमा नयाँ सरकारको पहिलो निर्णय : पूर्व मुख्यमन्त्रीहरूलाई सेवा सुविधा उपलब्ध गराइने !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ३० २०७८
  • 3.2K
    SHARES

छिट्टै नै विश्वासको मत लिने तयारी

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डाकेको पहिलो मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको छ । शनिबार साँझमात्र मुख्यमन्त्रीमा नियुक्त भएपछि आइतबार विहान बोलाइएको मन्त्रिपरिषदको पहिलो बैठकले पूर्व मुख्यमन्त्रीहरूलाई सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । 

मन्त्रिपरिषद बैठकले संघको सुविधा समेत हरेर पूर्व मुख्यमन्त्रीको सुविधा तोक्ने भएको छ । त्यसैगरी सरकारको प्रवक्तामा विनाविभागीय मन्त्री कुमार खड्कालाई जिम्मेवारी तोकिएको छ । ‘के कस्तो सुविद्या दिने भन्ने अहिले नै निर्णय भएको छैन । तर उहाँहरुको पदीय जिम्मेवारी अनुसारको उचित सम्मान हुनेगरी व्यवस्था गर्नुपर्छ’, प्रवक्ता कुमार खड्काले भने, ‘त्यसका लागि अब, हामीले एउटा कार्यविधि बनाएर सेवा सुबिधा तोक्ने तयारी गर्ने छौं ।’

प्रवक्ता खड्काले सरकारले छिट्टै नै विश्वासको मत लिने तयारी थालेको बताए । विश्वासको मत नलिइकन सरकारले महत्वपूर्ण कार्यहरु गर्दा प्रश्न समेत उठ्ने भएकाले सरकारले छिट्टै विश्वासको मत लिने उनले बताए ।  प्रवक्ता खड्काले  निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका अर्थमन्त्रीको सल्लाहमा बजेट ल्याउने उनले बताए । 

तपाईको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भSने हामीलाई पनि सहयोग पुग्नेछ । कृपया सेयर गरिदिनुहोला। निरन्तर ताजा अपडेटका लागि www.jananewsnepalkhabar.com भिजिट गर्नुहोला।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४