Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नरोत्तम बैद्यको अभिव्यक्तिको एमालेका केन्द्रीय सदस्य चौधरीद्वारा भव्य स्वागत !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २९ २०७८
  • 5.3K
    SHARES

काठमाडौं । सत्तारुढ एमालेका केन्द्रीय सदस्य एवम् पूर्वसांसद मेटमणि चौधरीले नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम बैद्यको अभिव्यक्तिको स्वागत गरेका छन् ।

एमालेका नेता चौधरीले शनिबार बिहान फेसबुक एकाउन्टमा स्टाटस लेखेर सांसद बैद्यको अभिव्यक्ति अप्रिय भए पनि सत्य रहेको बताए ।

उनले कांग्रेसका सांसद बैद्यलाई आत्मालोचना वा माफी माग्नुपर्ने कुनै आवश्यक्ता नरहेको बताएका छन् ।

‘माननीय नरोत्तमको अभिब्यक्ति सबैलाई अप्रिय लाग्यो तर, सत्य पनि हो’, केन्द्रीय सदस्य चौधरीले भने, ‘नेपाली मनोविज्ञानलाई बागमती प्रदेशको रोष्टमबाट बोलिएको विषयमा धेरैले आलोचना गरिरहे पनि तितो सत्य उजागर गर्नु भएकोमा धन्यवाद भन्न चाहन्छु ।’

उनले भने, ‘यसैले वहाँले न माफी माग्नु पर्दछ, न त पश्चाताप ! बरू हामी शासक भनिनेहरू नै प्रणाली ध्वस्त गर्ने विषयमा ख्याल गरौं, संविधान मिचेकोमा पश्चाताप गरौं ।’

‘अदालतले बेठिक ठहर गरेको विषयमा सार्वजनिक रूपमा जनताहरूसँग माफी मागौं र आगमी दिनमा गल्ती नगर्ने विषयमा प्रतिबद्दता जाहेर गरौं’, उनले भने, ‘अतः अब जनताहरूका मनोविज्ञान बुझौं, सो अनुसारको व्यवहार र आचरण देखाऔं ।’

‘जनताहरूका मन जितौं, गुमेको साख उठाओ । कसैसँग बदलाको भाव नराखौं’, एमालेका नेता चौधरीले भने, ‘यसैमा हामी सबैको कल्याण हुन्छ ।’

नेपाली कांग्रेसका सांसद बैद्यले शुक्रबार बागमती प्रदेश सभा बैठकमा सम्बोधनका क्रममा नाथुराम गोडसे जन्मिने वा आफू पनि त्यो बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।

कांग्रेस सांसद बैद्यको आलोचना भइरहेका बेला एमालेकै केन्द्रीय सदस्य चौधरीले बचाउमा बोलेर सबैको ध्यान आफूतिर तानेका छन् ।

तपाईको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ । कृपया सेयर गरिदिनुहोला। निरन्तर ताजा अपडेटका लागि www.jananewsnepalkhabar.com भिजिट गर्नुहोला।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४