Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३ हजार जरिवाना तिरेर छुटे गणेश लामा !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ २८ २०७८
  • 3.2K
    SHARES

पोखरा । गण्डकी प्रदेशमा सत्ताको रस्साकस्सी चलिरहेका बेला दीपक मनाङेलाई भेट्न आउँदा पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा जरिवाना तिरेर छुटेका छन् ।
पोखरा लेकसाइडबाट बिहीबार पक्राउ परेका लामासहित ३ जनालाई ३/३ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

हालै प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा देखिएका मनाङेलाई भेट्न आएका लामा निषेधाज्ञा उल्लंघनको आरोपमा प्रक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालय कास्कीले लामालाई जरिवाना लिएर छाड्न प्रहरीलाई अनुमति दिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिइरहेका बेला लामा मनाङेलाई भेट्न पोखरा आएका थिए । बिना कारण लामालाई प्रक्राउ गरिएको र सुनियोजित रुपमा फसाउन लागिएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४