Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लोक दोहोरी प्रतिष्ठानलाई चिरायु नेशनल हस्पिटलको सहयोग ।


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ २७ २०७८
  • 9K
    SHARES

काठमाडौं । चिरायु नेसनल हस्पिटलले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सुरु गरेको रोग बाट तपाई बच्नुस भोक बाट हामी बचाउँ छौ अभियान लाइ केही राहत हुने अभिप्राय ले केही नगद सहित स्वास्थ्य सामाग्री सहयोग गरेको छ । उक्त अभियान सुरु गर्दै प्रतिष्ठानसँग आवद्ध कलाकारहरुलाई केही दिन देखि निःशुल्क खाद्यान्न सामग्री सहयोग वितरण गरेको जनाएको छ ।

लोकदोहोरी गीत प्रतिष्ठानसँग आवद्ध तथा पीडित कलाकारहरुलाई चरणबद्ध रुपमा खाद्यान्न सामग्री सहयोग वितरण सुरु गरेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले जानकारी दिए ।

यस अभियानमा सहयोग गर्नु चिरायु नेशनल हस्पिटल लाई हृदय देखि धन्यवाद दिदै अागामि दिनहरुमा यहाँ हरुको निरन्तर सहयोगको अपेक्षा रहेको अध्यक्ष बिजीले बताए । कोरोना भाइरसको दोस्रो लहर भेरियन्टका कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञाका कारण आफ्नो रोजगारी गुमाएर एक छाक खान समस्या परेका कलाकारहरुलाई प्रतिष्ठानको तर्फबाट केही भएपनि राहत मिलोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरेको निबर्तमान अध्यक्ष बद्रि पंगेनिले बताए ।

पहिलो चरण कोरोनाको महामारीमा पनि यस्तै निषेधाज्ञा लागू भएपछि सयौं कलाकारहरु मर्कामा परेका थिए । रात्रिकालीन व्यवसाय तथा दोहोरी साँझमा काम गरेर आफ्नो गुजारा र घर परिवारको पनि पेट पाल्दै आएका कयौँ कलाकारहरु यतिबेला कोठा भाडा तिर्न र खान नपाएर छटपटाइरहेका छन् ।

पंगेनिले पहिलो चरणमा प्रतिष्ठानमा आवद्ध कलाकारहरुलाई राहत वितरण गरिए पनि चरणबद्ध रुपमा प्रतिष्ठानमा आवद्ध नभएका तथा कलाकारीतामा लागेर महामारीको चपेटामा परेका कलाकार र उनले अशक्त तथा नेत्रविहिनहरुलाई समेत सहयोग गर्दै आएको बताए ।
चिरायु नेशनल हस्पिटल ले बिगतका दिनहरुमा पनि पनि सहयोग गर्दै अाएको चिरायु हस्पिटलका बिजनेस डेप्लोमेन्ट मेनेजर हिमाल बहादुर रानाले बताए । हस्पिटलले ख्यातिप्राप्त डाक्टरहरु बाट सेवा प्रदान गरिरहेको हस्पिटलका बिजनेस डेप्लोमेन्ट अफिसर नवराज भुजेलले बताए ।
उक्त कार्यक्रममा इन्देणी कार्यक्रमका सञ्चालक कृष्ण कडेल लगाएत दर्जनौं कलाकार हरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४