रामेछाप / वेताली सम्पर्क समाजले गोकुलगंगा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
सोमवार समाजका अध्यक्ष केशव प्रसाद घिमिरेले गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष राधिका श्रेष्ठलाई रु ६ लाख ५० हजार भन्दा बढि रकमको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
समाजले कोभिड -१९ विरुद्धको उपचारका लागि गोकुलगंगा अस्पताललाई १५ शैय्याका लकर, स्लाइन स्टाण्ड, कम्बल, तकीया, तन्ना, नेवुलाईजर, फाइवर सिरकहरु, अक्सिमीटर, ग्लुकोमीटर, लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । सो जानकारी वेताली सम्पर्क समाजद्धारा गराएको छ।
