Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आँखा रोग विशेषज्ञ पूज्यश्री कार्कीको कोरोना संक्रमणबाट निधन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ५ २०७८
  • 7K
    SHARES

काठमाडौं । आँखा रोेग विशेषज्ञ प्रा.डा. पूज्यश्री कार्कीको कोरोना संक्रमणबाट बुधबार निधन भयो । नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान करिब २ बजे डा. कार्कीको निधन भएको किस्ट मेडिकल कलेजका अमीश पाठकले बताए ।

उनलाई १० दिनअघि संक्रमण पुष्टि भएको थियो । लगतै किस्ट मेडिकल कलेजमा भर्ना भएकी उनको सात दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो । तर स्वास्थ्यमा सुधार आएन ।

उनका पति पनि चिकित्सक नै हुन् । त्यसैले नर्भिक अस्पताल लैजाने सल्लाह भयो र तीन दिनअघि नर्भिक लगिएको थियो । तर पनि बचाउन सकिएन । बायल्याट्रल निमोनियाका कारण उनको निधन भएको चिकित्सकले बताएका छन् ।

प्रा. डा. कार्की विगत १३ वर्षदेखि किष्टमा आँखा रोग विभागको प्रमुखको रुपमा कार्यरत थिइन् । डा. कार्कीको निधनले मुलुकलाई ठूलो क्षति पुगेको पाठक बताउँछन् ।

वीपी विज्ञान राष्ट्रिय प्रतिष्ठान धरानबाट आँखामा एमडी गरेकी डा. कार्कीले २०६५ सालमा लेक्चरलको रुपमा किस्ट अस्पतालमा सेवा प्रारम्भ गरेकी थिइन् । उनको नेतृत्वमा झण्डै सात ब्याज विद्यार्थीले एमबीबीएस पास गरिसकेका छन् । यो अवधिमा करिब ८०० जनशक्ति उत्पादन भइसकेको पाठक बताउँछन् । आँखा रोगसम्बन्धी जनशक्ति उत्पादनमा उनको योगदान महत्वपूर्ण छ ।

उनका पति मिलेस सिंजापती पनि डाक्टर नै हुन् । उनी पनि किष्ट मेडिकल कलेजमै कार्यरत थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४