Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा थप ८५२० मा संक्रमण पुष्टि, ६ हजार बढी निको भए २ सय ३ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ३१ २०७८
  • 7K
    SHARES

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा २० हजार ९९८ पीसीआर विधिबाट परिक्षण गर्दा  र ५३० एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरस  संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये ९८ हजार ८६९ जना होम आइसोलेसनमा र आठ हजार ४६७ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै एक हजार ३३४ जना आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो २४ घण्टामा छ हजार १३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ ।

  • कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्‍दा धेरै काठमडौमा २४५८, ललितपुरमा ५५६, रूपन्देहीमा ५५२, मोरङमा ४३४ र भक्तपुरमा ३३५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै सुर्खेतमा २८८, चितवनमा २८७, कास्कीमा २८४, कञ्‍चनपुरमा २२३, सुनसरीमा १९७, काभ्रेपलाञ्चोकमा १६८, मकवानपुरमा १५६, दाङमा १४४, धनुषामा १४१, पर्सामा १३८, गुल्मीमा ११७ र पाल्पामा १०८ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै कैलालीमा ९७, गोरखामा ९०, झापा र बाँकेमा ८७/८७ जना, ताप्लेजुङमा ८१, सिन्धुली र अछाममा ७७/७७ जना, नवलपरासी पूर्वमा ७४, धादिङमा ७३, नुवाकोट ६७,रौतहटमा ६५, बैतडीमा ६४, सिन्धुपाल्चोकमा ६२ र जाजरकोटमा ६१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सल्यानमा ५९, रोल्पामा ५७, पर्वतमा ५३, कपिलवस्तुमा ४७, म्याग्दीमा ४६, बारामा ४५, धनकुटामा ४३, रामेछाप र डडेल्धुरामा ४२/४२ जना, महोत्तरीमा ३४, सप्तरी, स्याङ्जामा ३१, लमजुङमा ३०, सिरहामा २९, रूकुम पश्‍चिममा २७, अर्घाखाँचीमा २४ तथा सोलुखुम्बु र दोलखामा २१/२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बर्दियामा १९, सर्लाहीमा १६, कालिकोट १५, जुम्लामा १४,डोटीमा १३, तनुहँमा १२, उदयपुरमा ११, बागलुङमा १०, दैलेखमा ८, ओखलढुंगामा ७, तेह्रथुममा ८, रसुवा र नवलपरासीमा ५/५ जना, खोटाङ र भोजपुर, संखुवासभामा ४/४ जना, प्‍युठानमा ३, इलाम र पाँचथरमा २/२ जना तथा रूकुम पूर्व र बाजुरामा १/१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १९२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५१० जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४