मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व ईद शुक्रबार (आज) मनाइँदैछ । यो पर्वलाई इद-उल-फित्र भनिन्छ । अरबी पात्रो हिजरी संवतअनुसार दशौँ महिनाको पहिलो दिन शुक्रबार देशभरका मुस्लिम धर्मावालम्बीहरु विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन रहेको छ ।
कोरोना भइरस संक्रमण अन्तको कामना गर्दै कपिलवस्तुमा इस्लाम धर्मावलम्बीहरुले ईद उल फित्र (ईद) नमाज पढ्ने भएका छन् । तर उनीहरुले सामुहिक रुपमा ईदगाहमा नमाज नपढेर घरमै बसेर नमाज पढ्ने भएका हुन् । सामुहिक रुपमा खुसियाली साटेर मनाउन नपाए पनि घरैमा बसेर विशेष प्रार्थना गर्ने मुस्लिम धर्मका अगुवाहरू बताउँछन् ।
मुस्लिम धर्मवलम्बीहरू जब चन्द्रमा आकाशमा देखिन्छ, तब मात्र रमजान महिनाको कठिन व्रतको समापन र ईद उल फितर पर्बको प्रारम्भ गर्दछन् । ईदमा मुस्लिम धर्मावलम्बीहरु नयाँ कपडा लगाउने, मिठाे खाने, दान दिने चलन रहेको छ । तर कोरोना महामरीले यस वर्ष नयाँ कपडा नलाउने र सामान्य ढंगले मनाउने स्थानीय बासी रुकैय खातुनले बताए ।
काेराेनाका कारण सबैले सामूहिक रुपमा नमाज नपढेर आ-आफनो घरमा नमाज पढ्न र कोरोना भाइरस महामारी अन्त्यका लागि प्रार्थना गर्न तौलिहवा मस्जिदका धर्म गुरु अली हसनले अनुराेध गरे ।
‘विगत दुई वर्षदेखि हामी सामूहिक रुपमा ईदको नमाज पढन नपाएपछि धेरै दुखी भएको छौं । ईदको दिन नयाँ लुगा लगाउने चलन रहेको छ, तर कोराना भाइरस संक्रमणले गर्दा यो वर्ष पनि हामी पुरानै लुगा लगाएर घरभित्रै ईदको नमाज पढ्न विवश छाैँ,’ धर्मगुरु मौलना नुरमोहम्मदले भने । कोरोना भाइरस महामारी अन्त्यका लागि घरमा बसेर नै प्रार्थना गर्ने धर्मगुरु नुरु मोहम्मदकाे भनाइ छ ।
