Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्राधिकरणद्वारा आन्तरिक उडान अनिश्चितकालका लागि बन्द


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३० २०७८
  • 8.7K
    SHARES

काठमाडौं । कोसिड संक्रमितको संख्या दिनहुँ बढेपछि नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै कोभिड महामारीका कारण अर्को सूचना नआउञ्जेलसम्मका लागि आन्तरिक उडान बन्द गरिएको जनाएको छ ।

सरकारले वैशाख २० गतेदेखि आन्तरिक उडानमा रोक लगाएको थियो । तर, प्राधिकरणले आन्तरिक रुटमा भने आपतकालीन उद्धार, कार्गो तथा हेलिकप्टर चार्टरलाई भने परिस्थितिअनुसार अनुमति दिइने जनाएको छ ।

प्राधिकरणले मंगलबार दोस्रोपटक सूचना निकाल्दै नेपालबाट र नेपालका लागि हुने सबै व्यवसायिक अन्तर्राष्ट्रिय उडान जेठ १७ गते राति ११ः५९ बजेसम्मलाई रोकेको छ ।

यसअघि स्थानीय सरकारले निषेधाज्ञा लागू गरेकाले वैशाख २३ गते राति ११:५९ बजेदेखि वैशाख ३१ गते शुक्रबार रातिसम्म गरी ८ दिनका लागि व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो ।

प्राधिकरणद्वारा आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४