Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभर पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु ८९६० जना कोरोनाभाइरस संक्रमण पुष्टि, सक्रिय संक्रमित १ लाख ५ हजार नाघे


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३० २०७८
  • 8.9K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गरेको शवको आधारमा सो मृत्यु संख्या सार्वजनिक गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको छ ।

पछिल्लो केही दिनयता कोरोना संक्रमितको मृत्यु अत्यधिक बढेको छ । मंगलबार एकै दिन २२५ जना र बुधबार १६८ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ४७४ पीसीआर र ७७१ एन्टिजेन परीक्षणमा आठ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमितको संख्या चार लाख ३१ हजार १९१ जना पुगेको छ ।

सक्रिय संक्रमितको संख्या एक लाख पाँच हजार २०७ पुगेको छ । तीमध्ये ९६ हजार ३७९ जना होम आइसोलेसनमा र आठ हजार ८२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोेलेसनमा रहेकामध्ये एक हजार ३८१ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ५५ रहेको छ । हालसम्म संक्रमण मुक्त हुनेको संख्या तीन लाख २१ हजार ५१८ रहेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २७३३, रूपन्देहीमा ५११, ललितपुरमा ४८१, कैलालीमा ३७०, मोरङमा ३५८ र भक्तपुरमा ३४८‍ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै चितवनमा २९३, झापामा २५८, बाँकेमा २५२, कास्कीमा २३७, दाङमा २१७, धनुषामा २०४, कञ्चनपुरमा १८२, काभ्रेपलाञ्चोकमा १६०, सुर्खेतमा १५९, सल्यानमा १४३ र नवलपरासी पूर्वमा १२९ जना संक्रमित थपिएका छन् ।

यस्तै पर्सामा ९९, सप्तरी र गोरखामा ९२/९२ जना, बैतडीमा ८९, महोत्तरीमा ८५, धादिङमा ७८, सिन्धुपाल्चोक ७४, रामेछापमा ६७, रौतहटमा ६६, रोल्पामा ६३, पाल्पामा ६२ र कपिलवस्तुमा ५३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै अछाममा ४९, सिन्धुलीमा ४५, रूकुम पश्‍चिममा ४२, डडेल्धुरामा ३८, नवलपरासी पश्‍चिममा ३५, दैलेखमा ३४, नुवाकोट र तनहुँमा ३१/३१ जना, अर्घाखाँचीमा २६, प्युठान र कालिकोटमा २४/२४ तथा उदयपुर, सर्लाही र सिरहामा २३/२३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै स्याङ्जामा २२, बारामा २१, ताप्लेजुङमा १८, धनकुटामा १७, जुम्लामा १४, गुल्मी र डोटीमा १३/१३ जना, रसुवा र लमजुङमा ११/११ जना, भोजपुरमा १०, इलाम र बागलुङमा ८/८ जना, मकवानपुरमा ६, जाजरकोटमा ५, दार्चुलामा ४ तथा पर्वत र म्‍याग्दीमा ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै दोलखामा ७ र ओलखढुंगा, खोटाङ, पाँचथर,डोल्पा, हुम्ला र बझाङमा २/२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै ९ वर्षमुनिका २०८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ६२५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४