Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोदीप्रति गान्धीको कटाक्ष, ‘भ्याक्सिन, अक्सिजन र औषधिजस्तै प्रधानमन्त्री पनि हराए’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३० २०७८
  • 6.2K
    SHARES

एजेन्सी । भारतको प्रमुख विपक्षी दल कांग्रेस इन्डियाका नेता राहुल गान्धीले कोभिड संकटको बेलामा प्रधानमन्त्री नरेन्द्र मोदी भ्याक्सिन, अक्सिजन र औषधिजस्तै हराएको टिप्पणी गर्नुभएको छ ।

बिहीबार एक ट्वीट लेख्दै नेता गान्धीले लेख्नुभएको छ, ‘भ्याक्सिन, अक्सिजन र औषधिजस्तै प्रधानमन्त्री पनि हराएका छन् । देखिएको भनेको बस सेन्ट्रले विस्टा, औषधिमा कर र यता–उता प्रधानमन्त्रीको फोटो ।’

कांग्रेसका मुख्य प्रवक्ता रणदीप सुरजेवालले पनि गंगा नदीमा भेटिएको शवको विषयलाई लिएर सरकारको आलोचना गर्नुभएको छ । उहाँले ट्वीट गर्नुभएको छ, ‘नयाँ भारतमा कस्तो समय आयो, अब हुकुमतहरूले लासहरू पनि देख्न छाडिसके… धिक्कार छ !’

विहार र उत्तरप्रदेशको नदीमा पछिल्लो केही दिनदेखि कैयौं शवहरू भेटिएका छन् । स्थानीय पत्रकारले कोभिडबाट मृत्यु भएकाहरूको शव त्यसरी फालेको हुनसक्ने अनुमान गरेका छन् ।

यसै हप्ता विाहारको चौसा प्रखण्डको घाटमा ७१ वटा शव गंगा नदीमा तैरिएको अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४