Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संकटमा फसेको नेपालबारे अमेरिकी संसदमा छलफल, सहयोग गर्न सरकारलाई सांसदहरुको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३० २०७८
  • 18K
    SHARES

काठमाडौं, । अमेरिकी संसदमा अनियन्त्रित हुँदै गएको नेपालको कोरोना संकटबारे छलफल भएको छ ।

बुधबार अमेरिकी संसदको माथिल्लो सदन सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा नेपालमा कोरोना भाइरसले पारेको असरबारे छलफल भएको हो ।

कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’ बारेको सुनुवाइमा कनेक्टिकट राज्यबाट अमेरिकी सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर क्रिस मर्फीले नेपालको अवस्था बारेमा जिज्ञासा राख्नुभएको हो ।

नेपालमा कोरोनाको महामारीको अवस्था डलरलाग्दो रहेकोबारे आफूले कनेक्टिकटको नेपाली समुदायबाट सुनेको र यसबारे बाइडेन प्रशासनलाई अझै सहायताका लागि आज आफूले सिनेटमा दबाब दिएको मर्फीले ट्वीटरमा उल्लेख गर्नुभएको छ ।

सिनेटर क्रिसले नेपालमा स्वास्थ्य सामग्रीको निर्यातमा भारतले बन्देज लगाएकाले अवस्था झन् नाजुक भएको भन्दै चिन्ता पनि व्यक्त गर्नुभएको छ ।

कोभिड महामारीको लागि युएसएआइडीका लागि वरिष्ठ सल्लाहकार जेरेमी कोन्डयाकले नेपालको अवस्था भयावह भएको उल्लेख गर्दै परीक्षण गरिएका अधिकांशमा कोरोनाको संक्रमण पाइएको जानकारी दिनुभयो । संक्रमण दर उच्च भएको भन्दै उहाँले नेपाललाई अतिरिक्त सहायताका लागि योजना बनाइरहेको पनि सिनेटलाई जानकारी दिनुभएको छ ।

नेपालको महामारीको अवस्था र अमेरिकाले गर्नुपर्ने खोप लगायतका सहायताका सन्दर्भमा आगामी मे १७ मा अमेरिकी सिनेटको वैदेशिक मामिला कमिटीमा सिनेटरहरुसँग छलफल पनि राखिएको छ ।

मेरिल्याण्ड राज्य संसदका डेलिगेट ह्यारी भण्डारीका अनुसार उक्त दिन अमेरिकाको सिनेटमा महत्वपूर्ण भूमिका खेल्ने सिनेटर क्रिस भ्यान होल्यानले जानकारी दिनुहुनेछ ।

सिनेटर होल्यानले यसबारेमा ह्वाइट हाउससमक्ष नेपालको अवस्थाबारे पत्राचार गरिसकेको पनि जनाइएको छ । अमेरिकाको संघीय सरकारलाई थप सहायता बढाउनका लागि डेलिगेट भण्डारीको नेतृत्वमा हस्ताक्षर अभियान पनि चलिरहेको छ ।

सिनेटको विदेशसम्बन्ध समितिमा रहेका आफ्नो क्षेत्रका सिनेटरहरुलाई फोन गरेर नेपालको अवस्थाबारे जानकारी दिन र थप सहायताको पहलका लागि अनुरोध गर्न अमेरिकास्थित सबै नेपालीलाई भण्डारीले आह्वान पनि गर्नुभएको छ ।

मेरिल्याण्डबाट प्रतिनिधित्व गर्ने सिनेटर क्रिस भ्यान होलान र वेन कार्डेनको कार्यालयलाई समेत नेपालको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै सहयोगको लागि संघीय सरकारसँग अनुरोध गर्न पहलकदमी गरेको भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४