Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेमा ओलीलाई असीमित अधिकार, बने सर्वेसर्वा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३० २०७८
  • 2.9K
    SHARES

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई एकपछि अर्को गर्दै असीमित अधिकार दिएको छ ।

सामान्यतया कम्युनिस्ट पार्टीमा सामुहिक निर्णय गर्ने गरिन्छ । तर, नेकपा एमालेमा भने व्यक्ति केन्द्रित अधिकार थोपर्ने प्रवृत्ति मौलाएको छ । यही प्रवृतिका कारण दुई पार्टी मिलेर बनेको नेकपा विभाजित भएको धेरै समय नभएको र एमालेसमेत विभाजित मानसिकतामा रहेका बेला ओली भने आफूमा एकपछि अर्को अधिकार केन्द्रीकृत गर्ने ध्याउन्नबाट पछि हटेका छैनन् ।

एमालेले बिहीबारमात्रै ओलीलाई थप अधिकार प्रत्यायोजन गरेको छ ।

बालुवाटारमा बसेको स्थायी समिति बैठकले गरेका चार वटा निर्णयमध्ये ३ नम्बर निर्णयमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई पार्टीभित्र र राष्ट्यि राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार ओलीमा प्रत्यायोजन गरेको उल्लेख छ ।

​‘पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार बैठकले अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ,’ प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पहिल्यै खोलिएको थियो बाटो

त्यसो त नेकपा एमालेमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ‘तानाशाही’ भएको आरोप लगाउँदै माधवकुमार नेपाल पक्षले उनीविरुद्ध संघर्ष जारी राखेको छ ।

पार्टीमा ओलीको स्वेच्छाचारी बढेको भन्दै समानान्तर गतिविधि गर्दै आएको माधवकुमार नेपाल समूहले गत फागुन २८ का निर्णय सच्चाउन माग गरिरहेका बेला ओलीलाई थप अधिकार दिएर उनले आफ्नो शक्ति देखाइरहेका छन् ।

ओलीलाई थप अधिकार दिएर शक्तिशाली बनाउने एजेण्डा गत चैत ६ गते बसेको बैठकले नै निर्णय गरिसकेको थियो । गत चैत ६ गते बालुवाटारमा बसेको ओली पक्षीय एमाले केन्द्रीय समिति बैठक बसेर ओलीलाई शक्तिशाली बनाउने एजेन्डा नै पास गरेको थियो । 

​एमालेको १२ औं बैठकले गरिएको भनिएको उक्त निर्णयमा अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकको एजेण्डा पारित भएको थियो । जसमा समानुपातिक सांसद हटाउन सक्ने र राख्न सक्ने अधिकार उनै ओलीमा पुर्याइएको थियो ।

उक्त बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भनेका थिए, ‘अव पार्टीलाई अनुशासित, जन आधारित, चुस्त र राष्ट्रिय राजनीतिलाई अझ सशक्त गुडाउन सक्ने संकल्प बैठकले गरेको छ ।’

त्यस अन्र्तगत पार्टीको केन्द्रीय सदस्य वा मातहत कमिटीको सदस्य थप्ने वा हटाउने अधिकारका साथै संवैधानिक निकायहरुमा पार्टीको तर्फबाट लिइने सबै अधिकार पनि अध्यक्ष ओलीमा निहित भैसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४