Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल समूहको निष्कर्ष : ओली जेठ २ मा फर्किए सहमति हुन्छ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३० २०७८
  • 6K
    SHARES

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटीका नेताहरुको बैठक सकिएको छ । भर्चुअल माध्यमबाट भएको बैठकले अध्यक्ष केपी शर्मा ओली आफ्नो शर्त मान्न तयार भए सहमति गर्न तयार हुने निर्णय गरेको एक नेताले बताए ।

‘हाम्रो माग सबै कमिटीहरु २ जेठ २०७५ को अवस्थामा फर्कनुपर्छ भन्ने हो । यसमा केपी ओली तयार हुन्छन् भने सहमति हुन्छ,’ ती नेताले भने । तर २ जेठ २०७५ को अवस्थामा एमाले पार्टी फर्कन्छ भन्ने इमान्दार सहमति गरिनुपर्नेमा नेताहरुले जोड दिएका छन् ।

‘तलदेखि माथिसम्मको कमिटीहरु पूर्ववत् अवस्थामा फर्कंदा पार्टी एकता जोगिन्छ,’ नेता रघुजी पन्तले भने ।

तर जालझेलका निम्ति ल्याएको एकताको प्रस्ताव ल्याइएको हो भने त्यो मान्ने नहुने पन्त बताउँछन् । बिहान बालुवाटारमा बसेको बैठकले नेता नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता गर्ने निर्णय गरेको छ । कारबाही फिर्ता गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसँग टेलिफोन संवाद गरी भेटवार्ताको प्रस्ताव गरेका थिए ।

ओलीको प्रस्तावपछि नेता नेपालसँग भेटवार्ता पनि तय भएको छ । ‘एमालेको एकता जोगिन्छ कि जोगिंदैन भन्ने यो भेटवार्ताले तय गर्छ,’ स्रोतले भन्यो । यसअघि ८ र ९ वैशाखमा पनि ओली र नेपालबीच एक्लाएक्लै भेटवार्ता भएको थियो ।

तर, सहमति जुट्न नसक्दा २७ वैशाखमा नेपाल समूहका सांसदहरुले ओलीलाई विश्वासको मत दिएका थिएनन् । ओलीले विश्वासको मत नपाएपछि आज राति नौ बजेसम्म संयुक्त सरकारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुसँग आह्वान गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४