Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाले प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३० २०७८
  • 5.1K
    SHARES

काठमाडौँ / प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् । देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले  जन न्युज नेपाल खबरलाई जानकारी दिए ।

उनले भने, ‘बहुमतको सरकारका लागि आज दाबी गर्न जान्छौँ । त्यसको तयारी भइरहेको छ । बहुमतको जोडघटाउका लागि विभिन्न तहमा विभिन्न नेताहरुसँग छलफल पनि जारी छ ।’

देउवाले तीन दलको छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, नेता ज्ञानेन्द्र कार्की र रमेश लेखकलाई खटाइएको बुझिएको छ । मंगलबार महन्थ ठाकुरसँग खाण र कार्कीले छलफल गरेका थिए । ठाकुरका सम्धी उमाकान्त झाको निवासमा उनीहरुबीच छलफल भएको थियो ।

देउवाले आन्तरिक र बाह्य परिस्थिति आफू अनुकुल बनाउन सोमबार यता आफूनिकट नेताहरुलाई छलफलका लागि परिचालन गरिरहेको बूढानीलकण्ठ स्रोतले जन न्युज नेपाल खबरलाई जानकारी दियो ।देउवा आफैंले पनि प्रधानमन्त्री केपी ओली इत्तर पक्षका शीर्ष नेतासँग छलफल गरिरहेका छन् । मंगलबार काँग्रेस सभापति देउवाले विपक्षी दल माओवादी केन्द्र र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।

काँग्रेस नेता रमेश लेखकका अनुसार संविधानको धारा ७६ को २ अनुसार सरकार निर्माणका सन्दर्भमा देउवा निवास बूढानीलकण्ठमा मंगलबार विहान देउवा, प्रचण्ड र उपेन्द्र यादवबीच छलफल भएको थियो ।

उनीहरुबीचको छलफलपछि दिउँसो ३ बजे बसेको काँग्रेस पदाधिकारी बैठकले ७६ को २ बमोजिम सरकारको दाबी गर्ने निर्णय भएको छ ।

देउवाले मंगलबार राति नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षसँग पनि छलफल गरेका थिए । देउवासँग छलफल गर्न माधवकुमार नेपाल र भीम रावल बूढानीलकण्ठ पुगेका थिए । उनीहरुले बहुमतको सरकार निर्माणका लागि सहजता प्रदान गर्न आफूहरु तयार रहेको आश्वासन देउवालाई दिएका थिए । त्यसयता पनि देउवाले शीर्ष नेतासँग टेलिफोन संवाद जारी राखेका देउवाको सचिवालयले जनाएको छ ।

देउवाले जसपाको ठाकुुर–महतो पक्षसँग गठबन्धनको सरकार निर्माणका लागि सहमति खोज्ने कुरामा प्राथमिकता दिएका छन् । त्यसका लागि महामन्त्री खड्काले जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग संवाद जारी राखेका छन् ।

बुधबार पनि खड्का र भट्टराई टेलिफोन संवाद भएको थियो । त्यसपछि भट्टराईको अग्रसरतामा जसपा पदाधिकारी बैठकमा सत्ता समीकरणबारे छलफल भएको थियो । आज पार्टीभित्र थप छलफल गरेर एकीकृत निर्णय दिने उनको भनाइ छ । छलफलपछि बहुमतको सरकार निर्माणका लागि ठाकुर केही सकारात्मक भएको काँग्रेस नेताहरुको भनाइ छ । बुधबार प्रधानमन्त्री ओली र  राष्ट्रपति भण्डारीलाई बहुमतको सरकार गठनको विपक्षमा जनाउ दिएका ठाकुरले काँग्रेस नेतासँग छलफलमा आफ्ना माग सम्बोधनको ग्यारेन्टी भए सोच्न सकिने जवाफ दिएका थिए ।

सत्ता समीकरणबारे पार्टी बैठकमा छलफल गर्न समेत अरुचि देखाउँदै आएका ठाकुरले बुधबारमा केही नरम देखिएको जसपा स्रोत बताउँछ ।

विपक्षी दलका नेतासँग काँग्रेस नेताहरु नियमित संवादमै रहेको बुझिएको छ । चार पार्टीका नेताबीच आज भेटवार्ता हुने भएको छ । अहिलेसम्म ठाउँ भने तय भइनसकेको काँग्रेस स्रोतले जनायो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४