Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल र पौडेलले भेटेपछि ओलीले बोलाए स्थायी कमिटी बैठक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३० २०७८
  • 4.7K
    SHARES

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

पछिल्लो राजनीतिक अवस्थासहित माधव नेपाल पक्षलाई गरिएको कारबाही फुकुवालगायतका एजेण्डासहित बैठक बसेको एक नेताले बताए ।

स्थायी कमिटी बैठकअघि महासचिव विष्णु पौडेलले नेता नेपाललाई भेटेर छलफल गरेका थिए । सो छलफलमा भएका विषय सार्वजनिक भएका छैनन् । यद्यपि यो भेटलाई एमालेको आन्तरिक एकता मजबुत बनाउने प्रयासको रुपमा हेरिएको छ ।

गत सोमबारको संसद बैठकमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठन गर्न दलहरुलाई दिएको तीनदिने म्याद आज सकिंदै छ । आज राति नौ बजेसम्म पनि दलहरुले बहुमतसहित दाबी नगरेमा संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतले ओली नै प्रधानमन्त्री बन्नेछन् ।

कांग्रेस, माओवादी केन्द्र  र जसपासहितको विपक्षी गठबन्धनलाई नयाँ सरकार गठनका लागि आवश्यक संख्या अपुग छ । ओलीविरुद्ध जसपा एकढिक्का नभएको अवस्थामा एमालेको असन्तुष्ट माधव नेपाल पक्षका सांसदले राजीनामा नदिएसम्म विपक्षी गठबन्धनको बहुमत नपुग्ने पक्का छ ।

त्यसैले ओली पक्षका नेताहरु माधव नेपाललाई एमालेमै रहिरहने वातावरण बनाउन प्रयासरत छन् । नयाँ सत्ता गठबन्धनको बहुमत नपुगेको अवस्थामा देश चुनावमा जाने संकेतहरु देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४