Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चार दल भन्छन् – मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको नियुक्ति असंवैधानिक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३० २०७८
  • 11.1K
    SHARES

पोखरा । गण्डकी प्रदेशका चार दलले अल्पमतको सरकार गठनप्रति आपत्ति जनाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै पृथ्वीसुब्बा गुरुङलाई मुख्यमन्त्री नियुक्त गर्नु संविधानको अपमान भएको बताएका छन् ।

मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले दुई वा दुईभन्दा बढी दलका सरकार गठनका लागि आहृवान गरेकी थिइन् । उनले दिएको समयसीमाभित्र चार दलले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाा सरकार गठनका लागि दाबी पेश गरेका थिए ।

तर प्रदेश प्रमुखले दाबी नपुगेको भन्दै धारा १६८ (३) अनुसार सबभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरेकी छन् ।

चार दलले भने उपधारा (२) अनुसार नियुक्त भएको मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन नसके उपधारा (३) कार्यान्वयन गर्नुपर्नेमा आफूहरूको पत्रलाई बाइपास गरेर सिधै उपधारा (३) कार्यान्वयन गर्नु असंवैधानिक भएको बताएका छन् ।

उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, बहुमत सदस्य भएको दलहरुको समर्थन आएपछि प्रस्तावित उम्मेदवारलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने थियो । प्रस्तावक दलहरुको कागजात नपुगे माग्ने हो । आवश्यक छानबिन गर्ने बाटो खुला हुँदाहुँदै उहाँले ‘अनावश्यक फैसला’ गरेर संविधानको घोर अपमान गर्नुभएको छ ।’

चार दलका नेताहरूले गण्डकी प्रदेशसभाको थप राजनीतिक घटनाक्रमबारे सचेत रहने भन्दै संविधान, कानुन, विधि र प्रक्रिया मिच्ने पवृत्तिविरुद्ध निरन्तर संघर्ष गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४