Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजनीति गर्दै गरौंला, पहिले जनताको जीवन बचाऔं–कांग्रेस नेता दिपक गिरि


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २९ २०७८
  • 6.4K
    SHARES

काठमाडौं, । नेपाली कांग्रेसका नेता दिपक गिरिले कोरोना महामारीको विकराल अवस्थामा जनताको जीवन बचाउन सम्पूर्ण ध्यान केन्द्रित गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधबार एक विज्ञप्ति निकाल्दै पूर्वमन्त्रीसमेत रहनुभएका गिरिले भन्नुभएको छ, ‘राजनीति त गर्दै गरौँला, तर कोभिड–१९ को यो विकराल अवस्थामा पहिला त आम जनताको स्वास्थ्यको बारेमा गम्भीर हुन अत्यावश्यक छ । कोभिड – १९ विरूद्धको लडाईँमा एकजुट भएर आम जनताको स्वास्थ्य सेवामा समर्पित बनौं !’

सरकारको ध्यान महामारीमा परेका जनताको जीवन जोगाउनेभन्दा सत्ता टिकाउने र कसरी हुन्छ पैसा कमाउने भन्नेमा रहेको भन्दै उहाँले भन्नुभएको छ, ‘कोभिड–१९ का कारण जनजीवन अस्तव्यस्त भइरहेको बेला महंगी, कालोबजारी र भ्रष्टाचारले मुलुक आक्रान्त छ ! अर्थ व्यवस्थाको सूचाङ्क कहालिलाग्दो छ । उद्योग, कलकारखानाहरू वन्द हुनुका साथै कैयौँ व्यापारीहरू पलायन भएको अवस्था छ । अस्पतालहरूमा वेड तथा अक्सिजनको अभावका कारण नागरिकहरू अकालमा मृत्युवरण गर्न बाध्य हुनु परिरहेको कारूणिक अवस्था छ । न्यूनतम् उपचार सुविधाको अभावमा आमजनता अस्पतालको सिडि, बरण्डामा छट्पटाइरहेका छन् । यस्तो विकराल अवस्थामा सरकार भने जनताको जीऊ–धनको सुरक्षामा केन्द्रित नभईँ, सत्तामा रजाइँ गर्ने दाउपेचको फोहरी खेलमा चुर्लुम्म डुबेको छ ।’

राजनीति गर्दै गरौंला, पहिले जनताको जीवन बचाऔं–कांग्रेस नेता दिपक गिरि

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४