Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जीवनदायिनी अक्सिजनको हाहाकारः देशभरका अस्पताल संक्रमितको उपचार गर्न नसक्ने घोषणा गर्दै, सरकारभन्छ–आफैले अक्सिजन प्लान्ट राख्नू


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २९ २०७८
  • 12.9K
    SHARES

काठमाडौं, वैशाख २९ । देशमा कोरोना संक्रमण अनियन्त्रित भइरहेका बेला देशभरका अस्पतालहरुले अक्सिजन अभावका कारण थप संक्रमितको उपचार गर्न नसक्ने घोषणा गर्न थालेका छन् ।

यसरी घोषणा गर्नेमा राजधानीकै सुविधासम्पन्न निजी अस्पतालदेखि मोफसलका अस्पतालहरु रहेका छन् ।

मंगलबारसम्म फाट्टफुट्ट केही अस्पतालले मात्र अक्सिजन अभावले गर्दा उपचार गर्न समस्या भएको बताइरहेका बेला बुधबार आइपुग्दा एकपछि अर्को गर्दै सुबिधासम्पन्न मानिएका अस्पतालहरुले उपचार गर्न नसक्ने घोषणा गर्दै हात उठाएका हुन् ।

यसअघि, सरकारले एकाएक अस्पतालहरुलाई अक्सिजनमा कोटा तोकेको थियो । उक्त निर्णयले विरामीलाई असर पर्नेभन्दै अस्पतालहरुले सरकारी निर्णयको आलोचना गरेका थिए ।

अक्सिजनको चरम अभाव रहेको भन्दै थप कोरोना संक्रमितलाई उपचार गर्न नसक्ने घोषणा गर्नेमा मेडिसीटी, ग्राण्डी इन्टरनेशनल, नर्भिकलगायतका राजधानीका सुबिधासम्पन्न अस्पतालहरु रहेका छन् ।

यता, अक्सिजनको चरम अभावलाई देखाउँदै निजी अस्पतालहरुले एकपछि अर्को गर्दै उपचार रोक्ने निर्णय गरेका बेला सरकारले भने १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट राख्न निजी अस्पतालहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सय बेडमाथिका निजी अस्पतालले १५ दिनभित्र आफैं अक्सिजन प्लान्ट जोड्नुपर्ने निर्णय गरेको हो । धेरै सरकारी अस्पतालमा अक्सिजन प्लान्ट रहेको जनाउँदै निजीले पनि आफैं अक्सिजन प्लान्ट जोड्नुपर्ने तर्क मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमको छ ।

काठमाडौंको धापासीमा रहेको ग्राण्डी इन्टरनेशनल अस्पतालले बुधबार सूचना जारी गर्दै आवश्यकता अनुसार अक्सिजन व्यवस्थापन नभएको भन्दै थप विरामीको उपचार गर्न नसक्ने जनाएको हो ।

जीवनदायिनी अक्सिजनको हाहाकारः देशभरका अस्पताल संक्रमितको उपचार गर्न नसक्ने घोषणा गर्दै, सरकारभन्छ–आफैले अक्सिजन प्लान्ट राख्नू

सरकारबाट दैनिक प्राप्त हुने एक सय वटा सिलिण्डरले थप विरामीको उपचार गर्न नसकिने अस्पतालले प्रष्टीकरण छ ।

उता, ललितपुरस्थित मेडिसिटी अस्पतालले मंगलबार नै विज्ञप्ति निकालेर प्रत्येक दिन ४ सय ५० देखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा सरकारले १ सय सिलिण्डर मात्र दिने जनाएकाले अब कुनै हालतमा पनि उपचार गर्न नसकिने जनाएको थियो ।

जीवनदायिनी अक्सिजनको हाहाकारः देशभरका अस्पताल संक्रमितको उपचार गर्न नसक्ने घोषणा गर्दै, सरकारभन्छ–आफैले अक्सिजन प्लान्ट राख्नू

यसैगरी, काठमाडौंको नेपाल मेडिकल कलेजले पनि मंगलबार नै अक्सिजन नभएको भन्दै विरामी आफैलाई व्यवस्थापन गर्न सूचना निकालेर भनेको थियो ।

जीवनदायिनी अक्सिजनको हाहाकारः देशभरका अस्पताल संक्रमितको उपचार गर्न नसक्ने घोषणा गर्दै, सरकारभन्छ–आफैले अक्सिजन प्लान्ट राख्नू

काठमाडौंकै मेडिकेयर, हेल्पिङ ह्यान्ड्स, भारतमैत्री र दीर्घायू अस्पतालले त यसअघि नै अक्सिजन नभएकै कारण देखाउदै उपचार गर्न नसक्ने जनाएका थिए ।

जीवनदायिनी अक्सिजनको हाहाकारः देशभरका अस्पताल संक्रमितको उपचार गर्न नसक्ने घोषणा गर्दै, सरकारभन्छ–आफैले अक्सिजन प्लान्ट राख्नू

दैनिक ४ सयदेखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक परेका बेला सरकारले सिसिएमसीमार्फत् १ सय वटा सिलिण्डर तोकेपछि अस्पतालहरु उपचार गर्न नसक्ने भन्दै पन्छिएका हुन् ।

हाल उपत्यकामा मात्र दैनिक १५ हजार अक्सिजन सिलिण्डर माग भए पनि करीब १० हजार मात्र आपूर्ति गर्न सकिएको मन्त्रालयका सचिव लक्षमण अर्यालको स्वीकारोक्ति छ ।

चिकित्सकहरूले भने अक्सिजन अभावकै कारण धेरै संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था आउने चेतावनी दिइसकेका छन् ।

उता, मोफसलका ठूला अस्पताल मानिएका भैरहवाको युनिभर्सल मेडिकल कलेज, बाँकेको कोहलपुर मेडिकल कलेजले पनि थप विरामीको उपचार गर्न नसक्ने भन्दै हात ठड्याइसका छन् ।

जीवनदायिनी अक्सिजनको हाहाकारः देशभरका अस्पताल संक्रमितको उपचार गर्न नसक्ने घोषणा गर्दै, सरकारभन्छ–आफैले अक्सिजन प्लान्ट राख्नू

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४