Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुख्यमन्त्रीमा गण्डकीमा गुरुङ नै दोहोरिने सम्भावना


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २९ २०७८
  • 5.9K
    SHARES

पोखरा / गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ नै दोहरिने सम्भावना बढेको छ ।

नयाँ सरकार गठनका लागि दिइएको समयसीमा आज सकिँदै छ। यही वैशाख २६ गते मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दललाई नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्।

यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका नेताले नयाँ सरकार गठनका लागि ३१ सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने प्रयास गरे पनि राष्ट्रिय जनमोर्चासँग अझै कुरा मिल्न सकेको छैन।

मंगलबार राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नै कांग्रेस लगायतको गठबन्धनलाई साथ नदिने स्पष्ट पारिसकेका छन्। यस्तो अवस्थामा गण्डकी प्रदेशमा नयाँ सरकार गठन कमजोर हुँदै गएको छ। जनमोर्चाले यसअघि अविश्वासको प्रस्तावका पक्षमा समर्थन गर्ने निर्णय गरे पनि थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न नमान्दा कांग्रेससहितका दललाई समस्या परेको हो।

बहुमत ३१ सदस्य पुग्नका लागि जनमोर्चाका तीन प्रदेशसभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ। जनमोर्चाकातर्फबाट प्रदेशसभा संसदीय दलका नेता थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति नयाँ सरकार गठनका पक्षमा छ भने सचेतक पियारी थापाले हस्ताक्षर गर्न ह्विप पनि जारी गरेकी छन्। मुख्यमन्त्रीमा विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र केसीलाई अघि सारिएको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २७, एक स्वतन्त्र सांसद, कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२ र जसपाका दुई सांसद छन्।

जन न्युज नेपाल खबरमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा Email. jananewsnepalkhabar@gmail.com मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेसबुक JananewsNepal तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४