Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एन्ड्रोइडमा आयो सोसल मिडिया एप क्लब हाउस


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २९ २०७८
  • 19.6K
    SHARES

अडियो बेस्ड सोसल मिडिया प्लाटफर्म क्लबहाउस अन्ततः गुगल प्ले स्टोरमा उपलब्ध भएको छ । करिब १ वर्षसम्म एप्पलको आइओएसमा उपलब्ध रहेको क्लब हाउसले आइतबार आफ्नो एन्ड्रोएड एप लञ्च गरेको हो ।

योसँगै अब एन्ड्रोइड प्रयोगकर्ताले पनि पहिलोपटक अडियो सोसल मिडिया क्लबहाउस प्रयोग गर्न पाउने भएका छन् । यद्यपि हालका लागि यो एन्ड्रोइड एप अमेरिकामा मात्र उपलब्ध रहेको र विश्वका अन्य मुलुकहरुमा निकट भविष्यमै यो उपलब्ध हुने बताइएको छ ।

अहिले अमेरिका बाहिरका प्रयोगकर्ताले प्ले स्टोरमा क्लबहाउस पेजका माध्यमबाट एपमा आफूलाई प्रि–रजिष्टर्ड गराउन सक्नेछन् । जब क्लबहाउसको एन्ड्रोइड भर्सन ती मुलुकमा उपलब्ध हुन्छ तब प्रयोगकर्तालाई क्लबहाउसले त्यसको जानकारी गराउने छ ।

निम्तो गरिसकेपछि मात्र आपसमा जोडिन सकिने अर्थात् इनभाइट वन्ली एपको रुपमा रहेको यो एपले प्रयोगकर्ताहरुको बीचमा संवाद खोज्न र सुन्न अनुमति दिन्छ । लाखौँ प्रयोगकर्ता रहेको क्लबहाउसका प्रयोगकर्तामा मार्क जुकरबर्गदेखि एलन मस्क लगायतका हस्तीहरु समेत छन् ।

क्लबहाउसको लोकप्रियतामा बढेसँगै अडियोमा आधारित सोसल एपप्रति मानिसहरुको रुझान बढ्दै गएको छ । माइक्रो ब्लगिङ साइट ट्वीटरले हालै अडियो फिचरको रूपमा रहेको स्पेसको पहुँच विस्तार गरेको छ । त्यस्तै, फेसबुकले अडियो च्याट फिचरको विकास गरिरहेको छ जसलाई मेसेन्जरमा जोड्न सकिनेछ । साथै माइक्रोसफ्टको लिंक्डइनले पनि अडियो फिचरमा काम गरिरहेको बताइन्छ ।

स्मरण रहोस् गत वर्षमात्रै दुईजना प्रविधि क्षेत्रका दिग्गज पल डेभिसन र रोहन सेठले सुरुवात गरेको क्लबहाउसको मूल्य अहिले ४ अर्ब डलर पुगेको छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४