Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तात्यो कांग्रेस, राष्ट्रपतिले दिएको समय भित्रै आफ्नो नेतृत्वमा सरकार बनाउने दावी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २८ २०७८
  • 10.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिले दिएको समय अवधिभित्रै आफ्नो नेतृत्वमा सरकार बनाउने दावी गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको वैठकले माओवादी केन्द्र, जसपा र एमालेको असन्तुष्ट पक्षसंग मिलेर नयाँ सरकार बनाउने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले एमालेको माधव पक्षको सहयोग जुटाउने कोसिस भइरहेको र जसपालाई पनि एकजुट बनाएर नयाँ सरकार बनाउने अभियानमा सामेल गराउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

यसबीचमा सभापति देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरको छन् । भेटमा माओवादीले कांग्रेस नेतृत्वमा सरकार बनाउन समर्थन जनाएको र उपेन्द्र यादव समेत सहमत भइसकेको महतले बताउनुभयो ।

प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम वैशाख ३० गतेभित्र नयाँ सरकारको दाबी गर्न समय दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४