Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महामारीमा दलहरुलाई नयाँ सरकारको चटारो, देउवाले बोलाए बैठक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २८ २०७८
  • 12.7K
    SHARES

काठमाडौं । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन नसकेकै दिन हिजो साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसबारे छलफल गर्न आज बैठक डाकेका छन्। देश कोरोना भाइरस (कोभिड–१९) को महामारीले आक्रान्त बनिरहेको छ । दैनिक झण्डै १० हजार संक्रमित देखिन थालिसकेका छन् भने मृतकको संख्या १ सय नघ्न थालिसकेको छ । यस्तो बेला पनि राजनीतिक दलहरु भने आ–आफ्नै स्वार्थपूर्तिमा लागेका छन् ।

यो बेला भनेको सरकार ढलाउने र बनाउने समय हुँदै होइन । तर, यस्तो महामारीमा पनि जनताको स्वास्थ्यमाथि वेवास्था गर्दै नयाँ सरकार गठन गरेर देशलाई कता लैजाने प्रयास हो राजनीतिक दलहरुको । यहि बेला प्रधानमन्त्री बन्ने दाउमा लागेका कांग्रेस सभापति देउवाले कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्। देउवा निवास बुढानिलकण्ठमा आज दिउँसो २ बजे बैठक बस्न लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दा उनको पक्षमा ९३ मतमात्रै आएको थियो। विश्वासको मत नपाएपछि स्वतः प्रधानमन्त्री ओली पदमुक्त भएका छन्। ओलीलाई बहुमत पुर्‍याउन १३६ सांसद चाहिन्थ्यो। १२१ सांसद भएको नेकपा एमालेका सबै सांसदले ओलीलाई मत दिएनन्। नेता माधवकुमार नेपाल पक्षका २८ जना सांसद प्रतिनिधि सभा बैठकमै अनुपस्थित थिए।

ओलीको विपक्षमा १२४ मत आएको थियो भने जसपाको महन्थ ठाकुर पक्षका १५ जना तटस्थ बसेका थिए। ओलीले विश्वासको मत गुमाएलगत्तै सोमबार नै सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नका लागि राष्ट्रपतिलाई आग्रह गरेका थिए।

त्यसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बेलुकी दलहरूलाई तीन दिनको समय दिएर धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान गरेकी थिइन्। संविधानको उक्त धाराअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न सक्छन्।

यता, जसपा अध्यक्ष यादवले नयाँ सरकार गठन गर्न राष्ट्रपतिसमक्ष आह्वान गरेपनि अर्का महन्थ ठाकुरले भने गए राति विज्ञप्ति जारी गरेर वैकल्पिक सरकार गठन गर्ने तथा सरकार निर्माण गर्ने उद्देश्य पार्टीको नरहेको र त्यसो गरिए मधेशी जनताको हितविपरीत हुने प्रष्टाइसकेका छन् । यदि जसपा ठाकुर पक्षले देउवाको नेतृत्वमा सरकार बनाउन सहयोग नगरेको खण्डमा देउवालाई बहुमत (१३६) सांसद पुग्दैन ।

तर, एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सासदहरुलाई आफ्नो पक्षमा तान्न देउवाले आजको बैठकमा नेता नेपाललाई पनि बोलाएका छन्। नेपाल पक्षका सांसदले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका थिएनन्। प्रतिनिधि सभामा कांग्रेसका दुई निलम्बितसहित ६३, माओवादी केन्द्रका ४९, जसपाका दुई निलम्बितसहित ३४ सांसद छन्। राप्रपा, जनमोर्चा र नेमकिपाका पनि एकेक जना सांसद छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४