Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

५८ जिल्लामा पूर्ण, ११ जिल्लामा आंशिक निषेधाज्ञा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २७ २०७८
  • 15.5K
    SHARES

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ६९ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ५७ जिल्लामा पूर्ण र १२ जिल्लामा निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयको विवरणमा जनाइएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखि २९ गतेसम्म लगाइएको निषेधाज्ञा २९ गते सकिंदैछ । उपत्यकामा थप १५ दिन निषेधाज्ञा लगाउन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सिफारिस गरिसकेको छ । यस्तै कास्कीमा वैशाख १५ गतेदेखि लगाइएको निषेधाज्ञा २९ गते राति १२ बजेसम्म थप गरिएको छ भने पर्सामा पनि वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा ३१ गतेसम्म नै लम्ब्याइएको छ  ।

दोस्रो लहरको कोरोना संक्रमणबाट बढी प्रभावित बनेको बाँकेमा लगाइएको निषेधाज्ञा जेठ ३ गतेसम्म लम्ब्याइएको छ । यसैगरी सुर्खेतमा वैशाख  १४ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि बढाएर वैशाख ३१ गतेसम्म पुर्‍याइएको छ ।

चितवन, बागलुङ, सुनसरी, बर्दिया तथा झापामा पनि वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । मोरङमा लगाइएको निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी रहनेछ ।

काभ्रे, मकवानपुर, रामेछाप, पर्वत, ताप्लेजुङ, म्याग्दी, तनहुँ, इलाम, सिन्धुपाल्चोक, धनकुटा, सप्तरीमा केही स्थानीय तह र क्षेत्रमा मात्रै निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयको विवरणमा उल्लेख छ ।

रुकुम पूर्व, मुस्ताङ, मनाङ, लमजुङ, सोलुखुम्बु, खोटाङ, भोजपुर र तेह्रथुममा भने निषेधाज्ञा जारी गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४