Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधि सभाले दिएन प्रधानमन्त्री ओलीलाई विश्वासको मत, नयाँ सरकार निर्माणको बाटोमा मुलुक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २७ २०७८
  • 7.6K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल हुनुभएको छ । प्रतिनिधि सभाको बहुमत सदस्यको विश्वास गुमाएसँगै उहाँको नेतृत्वमा रहेको सरकार गिरेको छ ।

प्रधानमन्त्री ओलीले आज बसेको प्रतिनिधि सभाको बैठकमा आफूलाई प्रतिनिधि सभाका सदस्यहरुको विश्वास रहेको छ भन्ने प्रस्ताव राख्नुभएको थियो । तर उहाँले आफ्नै पार्टी एमालेकै पनि पूरै मत पाउन सक्नुभएन ।

प्रतिनिधि सभाले दिएन प्रधानमन्त्री ओलीलाई विश्वासको मत, नयाँ सरकार निर्माणको बाटोमा मुलुक

उहाँले उपस्थित २ सय ३२ मध्ये जम्मा ९३ मत मात्र पाउनुभएको छ । यस्तै उहाँको विपक्षमा १ सय २४ मत पर्दा तठस्थमा १५ मत परेको छ ।
उहाँका विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका सांसदहरूले मत दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई भने उहाँकै पार्टी एमालेको उहाँ पक्षीय सांसदले मात्रै मत दिएका थिए । एमालेकै माधव नेपाल पक्षका सांसदहरुले भने बैठकमा उपस्थित नहुने निर्णय गरेका थिए ।

नेकपा विघटित भई नेकपा एमाले ब्युतिएसँगै उक्त पार्टीमा अध्यक्ष ओली र नेता नेपाल पक्षबीच किचलो चर्किएको छ । ओलीले नेपाल पक्षका नेता कार्यकर्तामाथि कार्वाहीको सिलसिला चलाउनुभएको छ भने नेपाल पक्षले समानान्तर गतिविधि गर्दै आएको छ ।

प्रतिनिधि सभाले दिएन प्रधानमन्त्री ओलीलाई विश्वासको मत, नयाँ सरकार निर्माणको बाटोमा मुलुक

यस्तोमा विश्वासको मत लिने भए पार्टीलाई २०७५ जेठ २ को अवस्थाबाट सञ्चालन गर्नुपर्ने, आफ्ना पक्षका नेता कार्यकर्तामाथि गरिएको कार्वाही फिर्ता लिनुपर्ने माग नेपाल पक्षले राखेको थियो । तर अध्यक्ष ओलीले नमान्दा नेपाल पक्षका सांसदले बैठकमै उपस्थित नहुने निर्णय गरेका थिए ।

ओलीले संसदबाट विश्वासको मत नपाएसँगै मुलुक नयाँ सरकार निर्माणको बाटोमा लागेको छ । अब संविधानको धारा ७६ अन्तर्गत उपधारा २ अनुसारको सरकार बनाउनुपर्ने माग विपक्षी दलहरुले राखिरहेका छन् ।

तर राष्ट्रपतिले सरकार गठनका लागि कसरी आह्वान गर्नुहुन्छ भन्नेतर्फ सबैको ध्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४