काठमाडौं । प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गरेका हुन् ।आइतबारको बैठकमा ओलीले विश्वासको मत पाएनन् भने उनी नेतृत्वको सरकार स्वत: काम चलाउमा सीमित भएको छ ।