नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्ने दावीपत्रमा पियारीबाहेक राष्ट्रिय जनमोर्चाका दलका नेता कृष्ण थापा र खिमविक्रम शाहीले हस्ताक्षर गर्न आनाकानी गरिरहेका छन् ।
दलका नेता थापाले पार्टीको बैठक नबसेको भन्दै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको ३ दिनको समयभित्रै निर्णय गर्ने बताए ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नयाँ सरकारको पक्षमा उभिने बताइसकेका छन् । राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षर नगरेसम्म नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन आवश्यक संख्या पुग्दैन । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ सांसद हस्ताक्षर संकलन गरेर प्रदेश प्रमुख सीता पौडेल समक्ष जान तम्तयार छन् ।
६० सदस्यीय प्रदेश सभामा राष्ट्रिय जनमोर्चाले समर्थन गर्दामात्र यो गठबन्धनको पक्षमा बहुमत सांसद अर्थात ३१ सांसद पुग्नेछ ।
हेर्नुहोस् पत्र
