Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘यो सदन र यी सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ ? प्रधानमन्त्रीजी’–पुष्पकमल दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २७ २०७८
  • 1.8K
    SHARES

काठमाडौं, वैशाख २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीलाई यो सदन र यी सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ ? भन्ने प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको विशेष अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘पार्टीमा तपाईं र मेरो झगडा भएको थियो । विवाद भएको थियो । तर हाम्रो झगडाको मार संसद, देश र जनतामाथि थोपर्न पाइन्छ ? प्रतिनिधि सभा विघटन गरेर गर्ने हो र ?’

अहिले विश्वासको मत लिन आएकाप्रति पनि शंका गर्दै दाहालले भन्नुभयो, ‘के फेरि विघटनमा जाने खेलका लागि त यो सब भइरहेको होइन ? फेरि विघटनको बाटो बनाउन आएको त होइन ?’

यदि सही नियतका साथ लिएको भए त अहिले होइन, संसदको पुनस्र्थापना भएको ३० दिनमै पो लिनुपर्दथ्यो नि ? उहाँले थप्नुभयो, ‘यो सरकार ७६ (१) बाट (२) मा परिवर्तित हुनेवित्तिकै विश्वासको मत लिनुपर्ने थियो नि, किन त्यासो गर्नुभएन ?’

आफूहरुले समर्थन फिर्ता लिँदा फेरि विघटन गर्ने हो कि भन्ने डरले फिर्ता नलिएको भन्दै उहाँले नियमित अधिवेशन छल्न त यसो गरेको त होइन ? लोकतान्त्रिक पद्धति छलेर अरु केही गर्न खोज्दै त हुनुहुन्न ? भन्ने प्रश्न गर्नुभयो ।

संसदको विशेष अधिवेशन बोलाउने तरिका पनि संवैधानिक नभएको भन्दै उहाँले प्रश्न गर्नुभयो, ‘तपाईलाई विशेष अधिवेशन बोलाउने अधिकार छ ? के यो लोकतान्त्रिक भयो र ? संवधानसम्मत छ ?’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४