Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पेट्रोल छर्की आगो लगाएर भागेका साह पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २७ २०७८
  • 2.9K
    SHARES

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा भएको हत्याको आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सोही वडाका अन्दाजी ३५ वर्षीय शिवजी साहलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेशरगञ्ज, वयलबासका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।

घारीबथानका ५८ वर्षीय शियाशरण रायलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।उहाँका अनुसार यही वैशाख २० गते घरअगाडिको आँपको बगैँचामा बसिरहेका रायको शरीरमा पेट्रोल छर्की आगो लगाएर फरार भएको साहमाथि आरोप छ ।

शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएका रायलाई तत्कालै उपचारका लागि धनुषाको लालगढ मोडल अस्पताल लगिएको थियो ।त्यहाँबाट थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको कीर्तिपुर अस्पताल लगेर उपचार गराउने क्रममा रायको वैशाख २१ गते मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४