Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आपतकालिन उद्धार र खाद्यान्न ढुवानीको लागि चार विमानस्थललाई उडान अनुमति


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २७ २०७८
  • 9.2K
    SHARES

काठमाडौं । नेपाल नागरिक उड्डउन प्राधिकरणले आपतकालिन उद्धार र खाद्यान्न ढुवानीको लागि चार विमानस्थललाई उडान अनुमति दिने निर्णय गरेको छ ।

प्राधिकरणले चार्टर, आपतकालिन उद्धार उडानका लागि पोखरा, नेपालगन्ज, लुक्ला र सुर्खेत विमानस्थललाई उडान अनुमति प्रदान गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

उपत्यकाबाट हुने आन्तरिक तथा बाह्य उडानको लागि भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान अनुमति जारी गर्नुपर्ने हुन्छ ।

यसअघि आन्तरिकमा वैशाख २० गतेदेखि र अन्तर्राष्ट्रियतर्फ भारत बाहेकका देशबाट हुने उडानमा बिहीबारदेखि व्यावसायिक उडानमा रोक लगाएको छ ।

यता भारतसँग भने सातामा २ वटा हवाई उडान भर्ने गरी नेपाल–भारतबीच भएको एयर बबल मोडेलमा उडान हुनेछ ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी पर्यटन मन्त्रालयले सूचीकृत गरेको होटलमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्ने गरी हप्ताको दुईवटा उडान गर्न पाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हिजो जारी गरेको निर्णयमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४