Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिममा एकैदिन १८ संक्रमितको मृत्यु थपिए १०६७ संक्रमित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २६ २०७८
  • 3.6K
    SHARES

 धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट एकैदिन १८ जनाको मृत्यु भएको छ । यो संख्या सुदूरपश्चिममा अहिलेसम्मकै उच्च हो । कैलाली, कञ्चनपुर, दार्चुला र बाजुरामा गरेर आइतबार १८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा कैलालीमा सबैभन्दा धेरै ९ जना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरमा ७ जना, दार्चुला र बाजुरामा १/१ जनाको मृत्यु भएको छ ।

कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचाररत ४ जना शंकास्पद बिरामीको मृत्यु भएको छ । उनीहरुको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको निर्देशनाले जनाएको छ ।

थपिए १०६७ संक्रमित

पछिल्लो २४ घण्टामा प्रदेशभर एक हजार ६७ जनामा संक्रमित थपिएका छन् ।

सेती प्रादेशिक अस्पतालसहित प्रदेशका विभिन्न प्रयोगशालामा पीसीआर र विभिन्न ठाउँमा एन्टिजेन विधिबाट दुई हजार पाँच सय ६४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । जसमा पीसीआर विधीबाट एक हजार सात सय ८१ जनाको परीक्षण गर्दा आठ सय ५६ र सात सय ८३ जनाको एन्टिजेन विधीबाट परीक्षण गर्दा दुई सय ११ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २४ हजार एक सय ७८ पुगेको छ । उनीहरु मध्ये दुई सय ८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४