Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना अपडेट : ८८ जना मृतक थपिए थप ८ हजार ८५० जनामा कोरोना संक्रमण


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २६ २०७८
  • 3.6K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर बिधिबाट नमुना परीक्षण  गर्दा  ८ हजार ७७७ जना र ५०६ एन्टिजेन बिधिबाट नमुना परीक्षण गर्दा  ७३ जना गरी ८ हजार ८५० जनामा कोरोना भाइरस सक्रमण  पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका तर सरकारी तथ्यांकमा समावेश नभएका २६ जना रहेको पाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

यस्तै सबैभन्दा धेरै काठमाडौँ उपत्यकामा ४ हजार १९८ जना कोरोना संक्रमित थपिएका छन्, जसमध्‍ये ३ हजार १६१ जना काठमाडौँका, ५३३ जना ललितपुरका र ५०४ जना भक्तपुरका छन् ।

यस्तै रुपन्देहीमा ५६२, कैलालीमा ४७६, कास्कीमा ३८३, मोरङमा ३३० र चितवनमा ३१० जना कोरोना संक्रमण थपिएका छन् ।

यस्तै सुर्खेतमा २३५, धनकुटामा १३०, झापामा ११७, काभ्रेपलाञ्‍चोकमा १२२, मकवानपुरमा ९० र महोत्तरीमा ८५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै तनहुँमा ८३, सिन्धुपाल्चोकमा ७५, गोरखामा ७४, नुवाकोट र बाँकेमा ७३/७३ जना, बैतडीमा ७१, पर्सामा ६७, सुनसरीमा ६६, नवलपरासी पूर्वमा ५२, रौतहटमा ५०,डडेल्धुरामा ४५, अछाममा ४४, सिन्धुलीमा ४३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै अर्घाखाँचीमा ३९, कपिलवस्तुमा ३७, सिरहामा ३३, दार्चुलामा २९, सप्तरीमा २८, बारामा २४, स्‍याङजामा २३, धादिङ, रोल्पा र कञ्‍चनपुरमा २१/२१ जना, रामेछाप र जुम्लामा १९/१९ जना, सर्लाही, लमजुङमा र बर्दियामा १२/१२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै रूकुम पश्‍चिम र डोटीमा ९/९ जना, ओखलढुंगा र दोलखामा ८/८ जना, रसुवा र पर्वतमा ७/७ जना, उदयपुर र प्‍युठानमा ५/५ जना, म्याग्दी, कालिकोट र दैलेखमा ४/४ जना, इलाम, धनकुटा, सोलुखुम्बु, वागलुङ, जाजरकोट, सल्यान र बझाङमा ३/३ जना, भोजपुर, संखुवासभामा २/२ जना तथा खोटाङ र पाँचथरमा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका २४३ बालबालिका तथा १० देखि १९ वर्ष उमेर समूहका ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४