काठमाडौं, । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कोरोना भ्याक्सिन खदिरमा अवरोध गर्नेहरुलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गर्नुभएको छ ।
आइतबार प्रेस विज्ञप्ती जारी गर्दै नेता नेपालले कमिसनका लागि भ्याक्सिन ल्याउन अवरोध गर्नु मानवता विरोधी अपराध हो भन्दै उहाँले निजी ब्यापारिक लूटका लागि निजी क्षेत्रलाई भ्याक्सिन खरिद गर्न दिने निर्णय तत्काल खारेज गर्न पनि आग्रह गर्नुभएको छ ।
कोरोना संक्रमण र मृत्युदरमा भइरहेको वृद्धिले भयावह अवस्थालाई प्रष्ट पारेको भन्दै नेता नेपालले अस्पतालहरुमा अत्यावश्यक अक्सिजन र अन्य उपकरणको व्यवस्था यथाशीघ्र गर्न पनि सरकारसँग माग गर्नुभएको छ ।