Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाबाट ६ सय ५० पत्रकार संक्रमित, ७ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २६ २०७८
  • 6.7K
    SHARES

काठमाडौं । कोरोना महामारीबाट देशभर ६ सय ५० जना पत्रकार संक्रमित भएको पत्रकार महासंघले जनाएको छ । महासंघका अनुसार हालसम्म ६ सय ५० जना पत्रकार संक्रमित भएको र ७ जनाले ज्यान गुमाएका छन् । 
कुल संक्रमितमध्ये ३ सय ९१ जना निको भइसकेका छन् भने २ सय ५२ जना अहिले पनि सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा धेरै काठमाडौं उपत्यकाबाटै पत्रकारिता गर्ने उपत्यका प्रदेश प्रदेश, प्रतिष्ठान र एशोसिएटमा संलग्न ११७ जना पत्रकार संक्रमित भएका हुन् ।

महासंघका अनुसार हालसम्म प्रदेश १ मा १८ जना, प्रदेश २ मा ९ जना, बागमती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा २७ जना, सुदूरपश्चिम प्रदेशमा ३० जना र कर्णाली प्रदेशमा ३० जना तथा उपत्यका प्रदेश, प्रतिष्ठान र एशोसियटमा ११ जना संक्रमित भएका हुन् । संक्रमति पत्रकारमध्ये ३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ४ जनालाई आइसियुमा राखेर उपचार भइरहेको छ । 

अग्रभागमा खटिने पत्रकार नै अत्याधिक संक्रमित हुन थालेपछि पत्रकार महासंघले महासंघको केन्द्रीय कार्यालयमै १० बेडको आइसोलेसन सेन्टर बनाएको छ भने ५ बेडमा अक्सिजन समेतको व्यवस्था गर्न लागेको छ । महासंघका अनुसार आइसोलेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४