Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको नेतृत्वमा सरकार बनाउन छलफल गरिरहेका छौं : नेता महत


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २६ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि छलफल गरिरहेको बताएका छन् । यसका लागि दलहरुसँग छलफल चलिरहेको र नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्ने निर्णय गरिसकेको उनले बताए ।

आइतबार आफ्नै निवासमा सञ्चारकर्मीसग कुरा गर्दै नेता महतले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्नुपर्ने आवश्यकता रहेको भन्दै जनता समाजवादी पार्टीलाई पनि प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा उभिन आग्रह गरे ।

‘नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न हतारिएको थिएन । हामीले पाँच वर्षपछि अर्को निर्वाचनबाट नै जनादेश लिएर सरकारमा जाने हाम्रो लक्ष्य थियो,’ उनले भने ‘तर पाँच वर्षका लागि निर्वाचित भनेर आएको ओलीजीको सरकार अन्त्यन्तै गैरजिम्मेवार ठहरियो । त्यसैले हाम्रो संसदमा संख्या कम भएपनि अरु यस्तै सोच राख्ने दलहरु मिलेर यसको विकल्प दिउँ भनेर हामीले त्यो पहल गर्ने निर्णय गरेको हो ।’

नेता महतले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सके कोभिड–१९ रोकथाम तथा नियन्त्रण गरी मुलुकलाई भ्रष्टाचारमुक्त बनाएर आउँदो निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न हुन सक्ने दाबी समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४