Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २६ २०७८
  • 6.1K
    SHARES

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

भोलि दिउँसो बस्ने संसद बैठकको तयारीका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार र श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विस्वासको मत दिने घोषणा गर्नुभएको छ ।

सो बैठकका विषयमा परामर्श गर्नका लागि सभामुख सापकोटाले बैठक बोलाउनुभएको हो ।यसैबीच भोलीको बैठकमा कोरोना संक्रमित भएका सांसद र मन्त्रीहरुलाई कसरी उपस्थिति गराउने भन्ने बारेमा पनि कार्य व्यवस्था परामर्श समितिमा छलफल हुने छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने भएकाले भोलीका बैठकमा सबै सांसदहरुको उपस्थिति अनिवार्य रहेको छ ।केही दिनअघि संसद सचिवालयले गरेको पीसीआर परीक्षणका क्रममा २६ जना सांसद कोरोना संक्रमित भएको रिपोर्ट आएको छ ।

संक्रमितमध्ये सबैभन्दा बढी नेकपा एमालेका सांसदहरु रहेका छन् ।त्यसैगरी पर्यटनमन्त्री भानुभक्त ढकाल र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि संक्रमित हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४