Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदीय दलमा देउवा : ओली सरकारलाई जसरी पनि विस्थापित गर्नुपर्छ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २५ २०७८
  • 3K
    SHARES

 काठमाडौं । नयाँ सरकार गठनका लागि अग्रसरता नदिएको आरोप पार्टीभित्र र बाहिरबाट खेप्दै आएका नेपाली सभापति शेरबहादुर देउवा शनिबार संसदीय दलको बैठकमा निकै प्रष्ट देखिएको संसदहरुले बताएका छन् । उनीहरुका अनुसार देउवाले प्रष्ट भनेका छन्, ‘जसरी पनि यो सरकारलाई विस्थापित गर्ने हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको संसदको विशेष अधिवेशन शुरु हुनु दुई दिनअघि शनिबार बिहान पदाधिकारी बैठक बसेको थियो भने दिउँसो संसदीय दलको बैठक । दुवै बैठकमा सभापति देउवा यसअघिभन्दा प्रष्टताका साथ प्रस्तुत भएको कांग्रेस नेताहरुले बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा बसेको संसदीय दलको बैठकको शुरुमा बोलेका सभापति देउवाले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा उभिन निर्देशन दिए । साथै उनले यो सरकार बदल्नुपर्ने बताए । त्यसपछि दिलेन्द्रप्रसाद बडू, गगनकुमार थापा लगायतका सांसदहरुले आफ्नो धारणा राखे । उनीहरुले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने मत राखेका थिए । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकार परिवर्तन गर्नुपर्ने मतमा आफू सहमत भएपनि अविश्वासको प्रस्ताव राखेर काम नहुने धारणा राखे ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन आएपछि अहिले दर्ता गरेको अविश्वास प्रस्ताव के हुन्छ भन्ने केहीबेर बहस भयो । सांसद मिनेन्द्र रिजालले यसबारे बोलेपछि सभापति देउवा फेरि बोले । उनले अविश्वासको प्रस्ताव दर्ता गर्ने नगर्ने ? यसको संवैधानिक जटिलताबारे छलफल गर्न नेताहरुलाई आग्रह गरे । तर यो सरकारलाई विस्थापित गर्ने र नयाँ सरकार बनाउनुपर्छ भन्ने प्रष्ट मत राखेको सांसदहरुले बताएका छन् । सांसद प्रकाश रसाइली स्नेही भन्छन्, ‘सभापतिले विश्वासको मत नदिने मात्र होइन, यो सरकारलाई जसरी पनि विस्थापित गर्नुपर्छ । त्यसका लागि सबै दलसँग छलफल भइरहेको छ भन्नुभयो ।’

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए अल्पमतको सरकार बनाएर संसद भंग गर्नसक्ने विश्लेषण सुनाएका देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि समेत आशंका व्यक्त गरे । राष्ट्रपतिले दल फुटाउने जुटाउने भूमिका खेल्नु उपयुक्त नहुने धारणा सभापति राखेको सांसद बहादुरसिंह लामाले बताए । बैठकले प्रधानमन्त्री ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गर्दै बैठकले विश्वासको मत नदिन अरु दललाई पनि आग्रह गरेको छ ।

स्रोतका अनुसार बैठकको निर्णयमा अविश्वासको प्रस्ताव दर्ताबारे लेख्ने कि नखेल्ने भनेर छलफल भएको थियो । सभापति देउवाले ‘यो निर्णय लेख्ने भन्दा पनि गर्ने हो, त्यसका लागि दलहरुसँग छलफल भइरहेको छ’ भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४