Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गुगलका कर्मचारी हप्तामा ३ दिन अफिस जानुपर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २४ २०७८
  • 4.4K
    SHARES

इन्टरनेट जाएन्ट गुगलका कर्मचारीहरु आगामी दिनमा एक हप्तामा ३ दिन अफिस गएर काम गर्नुपर्ने भएको छ । गुगलका सिइओ सुन्दर पिचाईले आफ्ना कर्मचारीहरुलाई एक इमेल पठाउँदै अमेरिकामा लकडाउन खुकुल हुँदै गर्दा कर्मचारीहरुले हप्तामा झण्डै ३ दिन अफिसमा गएर काम गर्न प्रोत्साहित गरेका छन् ।

गुगलले आफ्नो कार्यालय गत अप्रिलदेखि नै आंशिक रूपमा खोल्न सुरु गरेको थियो । आगामी दिनमा कर्मचारीहरुलाई घर र कार्यालय दुबैबाट कसरी काम गराउने भन्ने विषयमा विस्तृत खाका बनाएको छ ।

कर्मचारीहरुलाई पठाएको इमेलमा पिचाईले अफिसमै ससरीर उपस्थित भएर काम गर्नुका फाइदाहरुको बारेमा समेत उल्लेख गरेका छन् ।

ट्वीटरले आफ्ना कर्मचारीहरुलाई स्थायी रुपमै घरबाट काम गर्न पाउने निर्णय गरेको र फेसबुकले समेत कर्मचारीहरुले घरबाटै काम गर्ने नियमलाई निरन्तरता दिएको अवस्थामा गुगलले चाहीँ आफ्ना कर्मचारीहरुलाई क्रमिक रुपमा कार्यालयमै उपस्थित गराउने योजना बनाएको हो ।

जबकि गत वर्ष कोरोना भाइरसको महामारी बढेसँगै गुगलले नै सबैभन्दा पहिले कर्मचारीहरुलाई घरबाटै काम गर्न पाउने सुविधा प्रदान गरेको थियो ।

गुगलले अहिले तय गरेको नयाँ व्यवस्था अनुसार अब चार हप्ताभन्दा धेरै समय लगातार कार्यालयभन्दा बाहिरबाटै काम गर्नुपरेमा कार्यालयमा निवेदन दिनुपर्नेछ ।

गुगल सिइओ सुन्दर पिचाईले कर्मचारीलाई लेखेको इमेलमा भनिएको छ ‘२० वर्षभन्दा धेरै समयदेखि हाम्रा कर्मचारीहरु कार्यालयमै आएर समस्याहरुको समाधान गर्दै आएका छन् । महामारीको बन्देज हटेका ठाउँहरुमा अवस्थित गुगलका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुमध्ये ६० प्रतिशत कर्मचारीहरु कार्यालयमै आएर काम गर्न चाहन्छन् ।’

स्रोत : बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४