Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रियसभा उपनिर्वाचनः गृहमन्त्री थापाले एमाले र देवकोटाले गराए स्वतन्त्रतर्फबाट उम्मेदवारी दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २४ २०७८
  • 3.7K
    SHARES

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा (एमाले) को तर्फबाट उमेदवारी दर्ता गराउनु भएको छ । आज शुक्रबार बादलले हेलिकप्टरबाट निर्वाचन कार्यालय मकवानपुरमा गएर उमेदवारी दर्ता गराउनु भएको हो ।

बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बस्नु भएको छ भने सामाजिक विकासमन्त्री सरस्वती बस्नेत समर्थकमा बस्नु भएको छ ।

त्यसैगरि, वाग्मती प्रदेशअन्तर्गत आउँदो जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उप निर्वाचनका लागि डा. खिमलाल देवकोटाको पनि उमेदवारी दर्ता भएको छ । उहाँ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट साझा उमेदवार हुनुहुन्छ । तर उहाँले स्वतन्त्र रुपमा उमेदवारी दर्ता गराएको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

राष्ट्रियसभा उपनिर्वाचनः गृहमन्त्री थापाले एमाले र देवकोटाले गराए स्वतन्त्रतर्फबाट उम्मेदवारी दर्ता

त्यसैगरि नेपाल मजदुर किसान पार्टीले वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङलाई उमेदवार बनाएको छ । तामाङलाई उमेदवार बनाउने निर्णय भएको नेमकिपाले जनाएको छ ।

माओवादीले बादललाई कारबाही गरेपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले आज बिहान १० देखि अपराह्न ४ बजेसम्म उमेदवारी मनोनयनको समय छुट्ट्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४