Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाँकेमा काेराेनाबाट ७ घण्टामा ८ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २४ २०७८
  • 2.4K
    SHARES

बाँके । बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गएको छ । पछिल्लो ७ घण्टामा मात्रै बाँकेमा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ ।

बिहीबार राति र शुक्रबार बिहान भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमितहरूकाे मृत्यु भएकाे काेरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।

ओलीका अनुसर बारबर्दिया-६ बर्दियाका ४७ वर्षीय पुरुष र टिकापुर-२ कैलालीका ४८ वर्षीया महिलाकाे बिहीबार राति ११ बजे, नेपालगञ्ज उपमहानगरपालिका-६ का ३४ वर्षीय पुरुषको साढे १ बजे भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

नेपालगञ्ज उमनपा-१८का ५६ वर्षीया महिलाको पनि भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी गराउनुभयो । उनको शुक्रबार राति २ बजे मृत्यु भएको थियो ।

यस्तै नेपालगञ्ज उमनपा-३ का ५२ वर्षीय पुरुषको शुक्रबार विहान ३ बजे, नेपालगञ्ज उमनपा-१२ का ६० वर्षीया महिलाको विहान साढे ३ बजे मृत्यु, नेपालगञ्ज उमनपा-१० का ५४ वर्षीया महिलाको विहान ६ बजे मृत्यु भएको छ ।  नेपालगञ्ज उमनपा -६ का ५४ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको  ओलीले जानकारी दिनुभयो ।

हालसम्म बाँकेमा मृतकको संख्या १६९ पुगेको छ भने बाँके जिल्लामा उपचारका क्रममा आएका वाहिरी जिल्लाका १३० जनाको उपचारका क्रममा मृत्यु भएको ओलीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४