Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २२ २०७८
  • 3.4K
    SHARES

काठमाडौं,  । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।प्रधानमन्त्री ओली सभापति देउवालाई भेट्न बुढानीलकण्ठस्थित उहाँकै निवास जानुभएको हो ।

राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले एमालेले तय गरेको उम्मेदवार वर्तमान गृहमन्त्री रामबहादुर थापाविरुद्ध गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहनुभएका ओली देउवालाई भेट्न जानुभएको हो ।

ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि साथमा रहनुभएको छ । ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिँदै हुनुहन्छ ।ओलीलाई विश्वासको मत नदिने निर्णय कांग्रेसले गरेको भोलिपल्ट प्रधानमन्त्री प्रमुख विपक्षी दलका नेतालाई भेट्न जानुभएको हो ।

बुधबार मात्र नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाका नेताहरुको बैठक बसी बाग्मती प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा थापाका विरुद्धमा डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णइसमेत गरिसकेका छन् ।निर्वाचन आयोगले वाग्मतीमा जेठ ६ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४