Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीलाई झाँक्रीको चेतावनी- ‘हामी ढुवाएरै छोड्छौँ’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २२ २०७८
  • 6.7K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमाले माधव समुहकी नेतृ रामकुमारी झाँक्रीले दम्भ, अहंकार र जिद्धी छोड्न चेतावनी दिनुभएको छ ।

बुधबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेतृ झाँक्रीले अंहकार, दम्भ र जिद्धीपना नछोडे ढुवाएरै छोड्ने चेतावनी दिनुभएको छ ।

उहाँले आफु सत्यनास हुनबाट जोगिनुछ भने विचार गरेर किनारा खोज्न सुझाव पनि दिनुभएको छ ।

एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीतर्फ लक्षित हुँदै नेतृ झाँक्रीले भन्नुभएको छ, ‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड।’

उहाँले हिन्दी भाषको एक भनाइ पनि मिसाउदै थप भन्नुभएकाे छ, ‘हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’

प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिने तयारीमा हुनुहुन्छ । प्रधानमन्त्री ओलीलाई नेकपा माओवादी केन्द्रले बुधबार मात्रै औपचारिक रुपमा समर्थन फिर्ता लिएको छ । पार्टीको आन्तरिक कलहका कारण प्रधानमन्त्री ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समुहबीच असमझदारी कायमै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४