Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शव वाहन र एम्बुलेन्स चाहियो ? यी नम्बरमा फोन गर्नुस्


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २१ २०७८
  • 5.4K
    SHARES

काठमाडौं । कोभिड–१९ संकट व्‍यवस्थापन सञ्‍चालन केन्द्र, छाउनीले कोरोना संक्रमित र शव व्‍यवस्थापनका लागि अत्‍यावश्‍यक हटलाइन नम्बरहरु उपलब्ध गराएको छ ।

विश्‍वभर फैलिदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ संक्रमण र मृत्‍युदर बढ्‍दै गएपछि केन्द्रले एम्बुलेन्स र शव बाहनका लागि हटलाइन सेवा सुरु गरेको हो ।

केन्द्रका अनुसार एम्बुलेन्सको लागि १०२ र शव व्‍यवस्थापनको लागि ११४० नम्बरमा सम्पर्क गर्न सकिने छ । शव व्‍यवस्थापनमा खटिएका टीमको बारेमा जानकारी लिनुपरेमा १०५ मा सम्पर्क गर्न सकिने छ ।

शव व्‍यवस्थापनका लागि डेथ सर्टिफिकेट र कोभिड १९ पोजेटिभ रिपोर्ट rcmc.ops76@gmail.com मा इमेल गर्नुपर्ने छ ।

अस्पतालमा मृत्‍यु भएकाको हकमा सम्बन्धित अस्पतालले सीसीएमसीलाई शव व्‍यवस्थापनको लागि अनुरोध गरेको पत्र र होम आइसोलेसनमा मृत्‍यु हुनेको हकमा स्थानीय पालिकाको सीसीएमसीलाई शव व्‍यवस्थापन लागि अनुरोध गरेको पत्र हुनु पर्ने केन्द्रले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले पनि एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाका अनुसार राष्ट्रिय सभागृह, चाबहिल, स्वयम्भू, महाराजगञ्ज, मिनभवन लगायतका स्थानबाट एम्बुलेन्स सेवा सुरु गरिएको छ ।

महानगरपालिकाले ती एम्बुलेन्स सन्चालन हुने रुट, एम्बुलेन्सको नम्बर, एम्बुलेन्स चालकको मोबाइल नम्बर र नाम समेत सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरपालिकाको वेबसाइटमा राखिएको एम्बुलेन्सको रूट 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४