Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निषेधाज्ञा थप कडा र प्रभावकारी ढंगले लागू गर्ने प्रधानमन्त्रीको उद्घोष


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २० २०७८
  • 2.3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञा थप कडाई र प्रभावकारी ढंगले लागू गरिने बताउनु भएको छ । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेका निर्णयको पालन गर्न सबैलाई आग्रह समेत गर्नुभयो ।

उहाँले कोरोना महामारी नियन्त्रणकै लागि बैशाख २० गतेदेखि बैशाख मसान्तसम्म आन्तरिक हवाई उडान र २३ राति १२ गतेदेखि बैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्नु परेको बताउनु भयो । उहाँले भारतसँगको सीमा नाकामा पनि कडाई गरिएको बताउनु भएको छ ।

 

निषेधाज्ञाको समयमा भारतसँगको १३ नाका मात्रै संचालनमा रहने पनि जानकारी दिनुभएको छ । स्थल मार्गदेखि बिदेशी नागरिकहरुलाई नेपाल प्रवेशमा रोक लगाइने पनि प्रधानमत्री ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘स्थल मार्गबाट बिदेशी नागरिकको अवागम बन्द गरिएको छ । नेपाली नागरिकका लागि नेपाल भारतका सीमा नाका मध्ये १३ नाका मात्र संचालनमा ल्याइएको छ।’

त्यस्तैगरी उहाँले आपूर्ति व्यवस्थाको प्रभावित नहुने गरि सो सँग सम्बन्धित साधनहरु थयावत संचालन हुने प्रधानमन्त्री ओलीले बताउनु भयो । भारतीय सीमाबाट स्वदेश फर्किनेहरुलाई सीमामा रहेको हेल्प डेस्कमार्फत एन्टिजेन्ट परीक्षण गरेर मात्रै नेपाल प्रवेश गर्न अनुमति दिइने उहाँले बताउनु भयो । सबै तहहरुमा कन्ट्रयाक्ट ट्रेसिङ बढाउन लगाइएको पनि उहाँले बताउनु भयो ।

स्थल मार्ग, चाटर्ड वा उद्धार हवाई उडानमार्फत आउन हरेक व्यक्तिलाई परीक्षण गरिने व्यवस्था मिलाइएको पनि उहाँले बताउनु भयो । यदी कोही संक्रमित पाइएमा उनीहरुलाई उपचार गराएर मात्रै समुदायमा पठाउने व्यवव्स्था गरिएको प्रधानमनत्री ओलीले बताउनु भयो ।

प्रत्येक स्थानीय निकायले बिदेशबाट आएका नागरिकको अभिलेख राखि क्वारेन्टाइन, आइसोलेशन तथा उपचारको व्यवस्था मिलाएर नियमित रुपमा अनुगमन गर्न निर्देशन दिएको पनि प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४