Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘सार्वजनिक सम्पत्तिका रुपमा सूचना’ भन्ने नाराका साथ प्रेस स्वतन्त्रता दिवस मनाइयो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २० २०७८
  • 3.4K
    SHARES

काठमाडौं । सोमबार प्रेस स्वतन्त्रता दिवस ‘सार्वजनिक सम्पत्तिका रुपमा सूचना’ भन्ने नाराका साथ मनाइएको छ ।

कोरोनाको प्रभावका कारण भौतिकरुपमा सहभागी भइ कार्यक्रम गर्ने अवस्था नरहेपनि डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन/प्रसारण गरेर दिवस मनाइएको हो ।

 

सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि यूनेस्कोको आह्वानमा मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

यसैबीच नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण पेशागत सुरक्षाको अवस्था जोखिममा परेको जनाएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोनाका कारण नेपालमा केहि सञ्चारगृह बन्द भएको र सञ्चारकर्मीको पेशगत सुरक्षा जोखिममा परेको बताए ।

उनले नेपालमा सूचनामाथिको पहुँचमा सञ्चारकर्मी भूमिका महत्वपूर्ण रहेको बताए । महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले प्रेस तथा स्वतन्त्रताको अवस्था, सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्था नेपालमा सन्तोषजनक नरहेको धारणा राखे ।

त्यस्तै महासंघका महासचिव रोशन पुरीले श्रम पत्रकार ऐनलगाएतका पेशागत सुरक्षासम्बन्धी कानून कार्यान्वयन गर्न सरकारले हेरचेक्र्याई गरेको आरोप लगाए ।

यसैबीच प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपालले ६ स्थान सुधार गरेको छ । रिपोर्टर विदआउट बोर्डरले प्रकाशित गरेको प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल अघिल्लो वर्ष १ सय १२ औं स्थानमा रहेको थियो, तर यो वर्ष ६ स्थान सुधार गरेर एक सय ६ औं स्थानमा पुगेको छ ।

एक सय ८० देश समावेश रहेको रिपोर्टरका अनुसार छिमेकी देश भारत एक सय ४२ औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४